
Pbu
mbd
Sds
Mbdvs
Gisld
Rbs

Tsm
Vor
nsb
Pvg
Rgu
Wsp
Rsb
Ksm
Sls
Ssm
Bbbpu
Rgu
Ggd
Asm
Gst
Sbs
Rgs
Bbu
Hal

Pls
Gsb
bbt
Syp
Jmb
sab
Rpp
Rmb
Ptm
Abd
Bml
Jmb
Mks
दाङ । देउखुरी उधोग बाणिज्य संघ लमहीले नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित भएका सात जना पत्रकारहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
संघका निवर्तमान अध्यक्ष रत्नप्रसाद श्रेष्ठले राजधानीका लागि आवस्यक पुर्वाधार बनाउने तर्फ पत्रकारहरुले राज्यलाई घचघच्याउन तर्फ पहल गर्नु पर्ने बताउदै कोइलाबास नाका संचालनका लागि मिडियाबाट राज्यको ध्यान केन्द्रित गराउन अति आवश्यक भएको बताउनु भयो । यस्तै देउखुरी क्षेत्रको विकासका लागि पत्रकारहरुले कलमको माध्यमबाट भुमिका खेल्नु पर्ने उहाँले बताउनु भएको छ ।
संघका वर्तमान अध्यक्ष खगेश्वर खनालले जब सम्म पत्रकारले सुचना बाहिर ल्याउदैन तब सम्म आम नागरिकले सत्य सुचना पाउदैन, देशको आमूल परिवर्तन गर्नमा पत्रकारहरुको भुमिका अपरिहार्य भएको बताउनु भयो । त्यस्तै ज्यानै जोखिममा राखेर सुचना सम्प्रेषण गर्ने पत्रकारहरुको जिउ धनको पनि सरकारले ग्यारेन्टी गर्नु पर्छ अध्यक्ष खनालले भन्नु भयो ।
यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सहसचिव दशरथ घिमिरे,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महिला उपाध्यक्ष चुमा आचार्य लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो । देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षता तथा निवर्तमान अध्यक्ष रत्न प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चुमा आचार्य,किरण विक्रम शाह,दशरथ घिमिरे,महेश रिजाल,राधेश्याम गुप्ता,दुखहरण यादव, शिवराज खनाललाई मायाको चिनो प्रदान गर्दै संघले सम्मान गरेको थियो ।
सो संघका सदस्य नुमाकान्त बोहराको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रमको संचालन सचीव बसन्त कुमार भन्डारीले गर्नु भएको थियो ।
