
Pbu
Gisld
Ksm
mbd
Anm
Mbdvs
Sds
Gmk
Rbs

Vor
Bbbpu
Gst
Ssm
Asm
Hal
Sbs
Rsb
nsb
Tsm
Rgu
Rgs
Wsp
Bbu
Ggd
Ksm
Rgu
Sls
Pvg

Rmb
Pls
Syp
Ptm
Mks
Rpp
Gsb
bbt
Jmb
sab
Abd
Bml
Jmb
जाजरकोट । जाजरकोटमा ७१ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरिएको छ । जिल्लाको नलगाड नगरपालिका वडा नम्बर २, ३, ४, ५ र ६ का विभिन्न स्थानमा लगाइएको अफिम नष्ट गरिएको हो ।
त्यस्तै चार दिनमा ७१ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटमा प्रमुख डीएसपी मधुकुमार थापाले बताए ।
यस्तै डीएसपी थापाका अनुसार नलगाड वडा नम्बर–२, नहकुलीमा ४ रोपनी, वडा नम्बर ३ को काँक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे ८ रोपनी, द्वारेमा ८ रोपनी वडा नम्बर ६ भारगाँउमा आधा रोपनी, सिर्पाचौरमा ७ रोपनी, किटालेकमा साढे ६ रोपनी, गर्छेनामा साढे ११ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ । अफिम खेती गरिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको टोलीले नष्ट गरेको हो ।
