
dsbus
Ddhbs
Csbus
Gsbus
Pbu
Ssbus
Nssbus7
gms
Gsl
Jsbus
Rbs
Ratbs
Amb
Bksbus5

Bbu
Hal
Rsb
Rgu
Tsm
Wsp
Sls
Ggd
Rgs
Asm
Vor
Pvg
Gst
nsb
Rgu
Ssm
Sbs
Bbbpu
Ksm

Syp
Mks
Rmb
Jmb
Rpp
Jmb
sab
Bml
Ptm
Pls
Abd
Gsb
bbt
अहिले कोरोना भाइरस कोभिड–१९ रोगको प्रकोपले पुरै विश्व नै आतकिंत बनेको छ । मै हु भन्ने विकसित तथा शक्ति सम्पन्न राष्ट्रहरुसमेत यो समस्याबाट नराम्ररी प्रभावित भइरहेका छन् । चिनको हुवाए प्रान्तको बुहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमण विश्वभर फैलदै गएपछि गत जनवरी ३० मा विश्व स्वास्थ्य संगठनले संकटकालको समेत घोषणा गरिसकेको छ । यसअघि सन् २००९ मा स्वाइन फ्लु (एचवानएनवान), २०१४ मा पोलियो र २०१४ मै इबोला, २०१६ मा जिका भाइरस र २०१८ मा किभु इबोलाका कारण स्वास्थ्य सङ्कटकाल घोषणा गरिएको थियो ।
अहिलेसम्मको अनुसन्धानबाट ज्वरो आयो, खोकी लाग्यो र स्वासप्रश्वासमा समस्या देखियो भने कोरोना भाइरसको संक्रमण भएको आशंका गर्ने गरिएको छ । स्वासप्रश्वासबाट फैलन सक्ने रोग भएको कारण हाम्रा वानी, व्यवहार पनि यो रोग फैलनमा जिम्मेवार छन् ।
पश्चिमी मुलुकहरुमा आधुनिक भौतिक विकास तिव्र रुपमा हुन थालेपछि पुरै विश्व नै पश्चिमा मुलुकको देखासिकीलाई विकास ठान्ने प्रवृत्ति हामी जस्ता अल्प विकसित मुलुकमा ह्वात्ते बढेको पाइन्छ । पश्चिीमी मुलुकले पूर्वाधार विकासमा गरेको प्रगतिलाई हामीले विकासको मानकका रुपमा लिन थाल्यो । अहिले पश्चिमा मुलुकहरुमा काम खोज्न तथा स्थायी बसोवासका लागि जानेहरुको संख्या पनि ह्वात्तै बढिरहेको पाइन्छ । यसरी बसाइ सर्नुमा त्यहाँ उपलव्ध भौतिक सेवा तथा सुविधाको आकर्षण प्रमुख रुपमा आउने गर्दछ ।
पश्चिमी मुलुकमा भएका विकास निर्माण मात्र होइन त्यहाँको राजनीतिक शासन प्रणाली पनि हामीले अवलम्वन गर्न थाल्यौ । जर्मन, रुस बेलायतबाट शुरु भएका राजनीतिक बादहरु समेत हामीकहाँ राजनीतिक दलका मार्गदर्शन बन्न पुगे । त्यतिले मात्र हामीलाई पुगेन । राजनीतिक दलका संगठन गर्दा हामीले त्यतैबाट आयातित भएका हात मिलाउने संस्कारको विकास ग¥यौ । हामीले हात मिलायौं भने हामी सभ्य यदि नमस्ते ग¥यौ भने हामी असभ्य भन्ने जस्तो हामीलाई भान पर्न थाल्यो । यसरी पूर्वीय संस्कृतिको नमस्कारलाई हामीले भुल्दै गयौ । पूर्वीय संस्कृतिको विकास गरेको संस्कृत भाषालाई हामीले हेला मात्र गरेनौं त्यो भाषाको विकासमा आवश्यक ध्यान दिन समेत सकेनौं ।
हामीले धर्मको वैज्ञानीकरण गर्ने, त्यसमा भएका राम्रा पक्षहरुलाई आत्मसात गर्नुभन्दा केही राजनीतिक दलका नेताहरु समेत धर्मलाई ढोंगको संज्ञा दिदै त्यसको धज्जी उडाउन लाग्यौं । हिन्दु परम्परा अनुसार मानिस मरेको बेला किरिया बस्ने संस्कारलाई समेत कतिपय नेताले चुनौति दिन थालेको समेत देखियो ।
जसरी हामी किरिया बस्दा अरु व्यक्तिको संसर्गमा नरहने र सरसफाइमा विशेष ध्यान दिने गर्छौ त्यसैगरी कोरोनाको संक्रमणमा आशंका गरिएका व्यक्ति तथा संक्रमित त्यसैगरी बस्नुपर्ने अवस्था छ । हाम्रो धर्म सस्कृति त्यतिकै बनेको हुँदैन, यो त समाजका विभिन्न अन्तरसम्वन्धले निरन्तर संघर्ष गरेर आएका हुन्छन् । त्यसरी आउँदा त्यसमा केही आडम्वरपन तथा अन्धविश्वास पनि हुनसक्छ तर त्यसलाई स्वयम धार्मिक व्यक्तिहरुले नै चिर्न सक्नुपर्छ ।
हुनतः अहिले विश्वभर नै कोरोना विरुद्धको सचेतना अभियानहरु चलिरहेको छ । यो समस्याको सामना गर्न चेतनामूलक कार्यक्रमहरुलाई प्राथमिकता दिइएको पनि छ । यो प्रयासमा नेपाल सरकारले पनि प्रशस्त लगानी गरिरहेको छ । अहिले नेपालको धेरै जनसंख्यामा मोवाइल फोनको पहुँच छ । रेडियोको पहुँच छ । टेलिभिजनको पहुँच छ । यी सञ्चार माध्यमबाट कोरोना भाइरसबाट बच्ने सचेतनाका विषयमा प्रचार प्रसार समेत गरिएको छ । त्यतिले नपुगेर अहिले स्थानीय तहहरुले समेत गाउँ घरमा माइकिङ्ग समेत गरिरहेका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायको बारेमा सचेतना व्यापक रुपमा फैलाइदै आएको छ ।
यी सचेतनाहरु मानिसको वानी व्यवहारसँग सम्वन्धित छन् । हामीले यस्ता सचेतना अभियानहरु धुम्रपान र मध्यपानको विरुद्ध पनि धेरै पहिलेदेखि गर्दै आइरहेका छौं । त्यसमा उल्लेख्य सुधार हुन सकिरहेको छैन । मदिरा पिउने तथा धुम्रपान गर्ने मानिसहरु घट्न सकिरहेका छैनन् । सबैभन्दा गाह्रो काम भनेको मानिसको वानी परिवर्तन गर्ने काम हो । यो काम त्यति सजिलो नभए पनि हामीले हाम्रो बानी परिवर्तन गर्नुको विकल्प छैन । एकैपटक सजिलै परिवर्तन नभए पनि हामीले यो वानी परिवर्तन गर्न असम्भव भने छैन । मानिस यो अवस्थामा सजिलै आइपुगेको हैन । यो अवस्थामा आइपुग्नमा मानिस विभिन्न विपत्तिमा पर्दै त्यो विपत्तिबाट सामना गर्दै वा बच्दै अगाडि बढेको हो । कोरोना भाइरसको विरुद्ध पनि मानिस दह्रो भएर उभिने निश्चित छ । त्यसो गर्नको लागि जति सक्यो कम क्षती हुँदै हामीले हाम्रा खराव आनीवानी परिवर्तन गर्न जरुरी छ ।
शारीरिक स्वास्थ्य सरसफाई महत्वपूर्ण हुन्छ । बानी परिवर्तन गर्न उत्प्रेरणाको साथै कानुनको पनि आवश्यक छ । जहाँ पायो त्यहिँ थुक्नु हुँदैन । दिसापिसाव गर्नु हुँदैन मात्रै भनेर भएन । यदि त्यसो गरेको पाइएमा कारवाही हुने प्रावधानसहित दण्डनीय कानुन बनाएर पालना गर्न आवश्यक छ । जव कुनै पनि राष्ट्रको संस्कृति र कानुनको तालमेल हुन्छ, तव त्यो कार्यान्वयन हुन त्यति गाह्रो हुँदैन ।
कोरोना भाइरसबाट बच्न मात्र होइन अन्य विभिन्न भाइरस तथा किटाणुबाट लाग्ने देखि लिएर जुनसुकै रोगबाट बच्नको लागि हामीले हाम्रो आनीवानी परिवर्तनमा सुधार गर्नै पर्छ ।
भनिन्छ समाधान नभएको कुनै पनि समस्या हुँदैन । सबै समस्याले समाधान लिएर आउँछन् । ती समस्यालाई सजिलोसँग ह्याण्डल गर्ने शीप चाहिन्छ । त्यो शीप सकियो भने त्यसले अवसर समेत सिर्जना गर्दछ । नेपाल जस्तो पूर्वीय दर्शन र संस्कृतिको धनी देशले कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न पश्चिमा संस्कृतिबाट दविएको पूर्वीय आप्mनै संकृतिको फेरि उजारगर गर्ने अवसर प्राप्त गरेको छ ।
त्यस्तै अर्कोतर्फ शौचालयमा दिसा गर्ने वानीको विकास वल्लतल्ल गर्न पुगेका हामीहरु व्यक्तिगत सरसफाइदेखि वातावरणीय सरसफाईमा काम गर्न हामीलाई उत्प्रेरित गर्न सक्छ । सरसफाइको कमीले हामीले भोग्नुपरेको स्वास्थ्य समस्या समाधान हुने मात्र होइन हाम्रा गाउँ शहर सुन्दर भएर धेरै भन्दा धेरै पर्यटक नेपाल आउन लालायित हुनेछन् ।
लेखक रिजाल,प्युठानबाट प्रकाशित माण्डवी समाचार साप्ताहिकका प्रकाशक सम्पादक हुनुहुन्छ।
