
Gsbus
Jsbus
gms
Gsl
Bksbus5
Pbu
Ssbus
dsbus
Ddhbs
Amb
Nssbus7
Csbus
Rbs
Ratbs

Rsb
Bbu
Ssm
Sbs
Rgu
Asm
Wsp
Gst
Ggd
nsb
Hal
Vor
Bbbpu
Tsm
Rgs
Sls
Pvg
Ksm
Rgu

Gsb
Jmb
Rpp
Pls
Mks
bbt
Bml
Syp
Ptm
Rmb
Jmb
Abd
sab
दाङ । कलाकारिता क्षेत्रका एक अब्बल जोडी हो धुर्मुस-सुन्तली । हाँस्यब्यँग्य बाट देशैभरी आफुलाई परिचित बनाएको यो जोडी विभिन्न सामाजिक कार्यमा जोडिन पुग्यो । सामाजिक काम गर्न यो जोडीले धुर्मुस-सुन्तली फाउण्डेसन नामक सँस्था सुरुवात गर्यो । धुर्मुस सुन्तली फाउण्डेशन सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको हो ।
वि.सं २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको बिनाशकारी भूकम्पमा पीडित भएका व्यक्तिहरूको उद्धार, राहत, मानविय सहायता तथा भुकम्पमा भत्किएका संरचनाहरूको पुननिर्माण तथा पुनर्वास गर्ने उदेश्यका साथ यसको स्थापना गरिएको थियो ।
विभिन्न भुकम्प पिडितलाई राहात प्रदान गर्दै पिडितको पुनर्बासमा सँस्थाले ठूलो योगदान दियो । सँस्थाको सामाजिक कार्यबाट प्रभाबित बनेका जनताबाट कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ वाहीवाही भए ।
जनताको मीठो साथ पाएको सँस्थाले विभिन्न जिल्लामा नमुना बस्ती निर्माणको योजना ल्यायो । खासगरी भुकम्प प्रभाबित परिवारको पुनर्बासका निम्ति सँस्थाले नमुना बस्तीको निर्माणको योजना लिएको थियो । विभिन्न सँघसँस्था तथा ब्यक्तिहरुको सहयोगमा फाउण्डेसनले महोत्तरी, रौटहट, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा नमुना बस्ती निर्माण गर्दै थियो ।
नमुना बस्ति निर्माणमा सक्रिय रहँदै आएको सँस्थाले खेलको बिकाशका निम्ति चितवनको भरतपुरमा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रँगशाला’ निर्माण गर्ने योजना ल्यायो । शुभारम्भका बेला चितवनका जनताले भब्य स्वागत गरे । काम शुरु भयो । जनताले कालाकारबाट सामाजिक अभियन्ताका रुपमा चिन्दै गए । सँयोगबस आदा जसो काम हुँदा काम रोकियो । कोभिड १९-कोरोनाका कारण आर्थिक सँकलन हुन नसक्दा काम रोकिएको सँस्थाले सार्बजनिक गरेको थियो । लगत्तै तिनतहका सरकारले रँगशाला निर्माण गर्ने घोषणा गर्यो । रँगशाला निर्माणबाट चुकेको फाउण्डेसनले नमुना बस्ती निर्माणलाई निरन्तरता दिँदै गयो । २०८० सालमा राष्ट्रपती बिद्यादेबी भण्डारी द्वारा सबै बस्तीहरु हस्तान्त्रण गरियो ।
त्यस्तै फाउण्डेसन मार्फत विभिन्न सामाजिक कार्य गरेका धुर्मुस सुन्तली पुन कलाकारितामा फर्किएका छन । जनताको मायाले कलाकारितामा फर्किएको उनिहरुले बताए ।
दाङको लामटियामा जारी महोत्सबमा प्रस्तुतीका लागि आएका धुर्मुस सुन्तलीले कलाकारितामै फर्किएको उद्घोष गरे । हजारौ दर्शकहरुको माझमा धुर्मुस नर्मस हुँदै दर्शकको मायाले गर्दा कलाकारितामा फर्किएको बताए । हास्य कलाकारबाट परिचित हुँदै सामाजिक अभियन्ता सम्म आफुलाई चिनाएका उनिहरु कलाकारितामा फर्किएका हुन ।
त्यस्तै उनिहरुको सामाजिक कार्यलाई नजिकबाट नियालेका दर्शकहरु पनि भावुक देखिन्थे । कलाकारमै आफुहरु ठिक रहेको धुर्मुसले बताए । समाजका निम्ति केही गर्ने अठोटले सामाजिक काम गरेको र अब भने कलाकारमै सिमित रहने धुर्मुसले बताए । ‘विभिन्न अबरोधका बाबजुद सामाजिक काम गरियो, केही गर्न सक्यौँ, केही गर्न सकेनौ होला धुर्मुस भावुक हुँदै भने-जहिले माया दिनुभयो, दर्शककै मायाले पुन:कलाकारितामा फर्किएका छौँ ।’ धुर्मुस सुन्तलीले आफ्नो प्रस्तुतीमा देशको बेथिती जस्ताको त्यस्तै प्रस्तुत गर्नुका साथै जनतालाई सचेत बनाएका थिए ।
