
gms
Csbus
Ddhbs
dsbus
Gsl
Ratbs
Jsbus
Nssbus7
Bksbus5
Pbu
Amb
Gsbus
Rbs
Ssbus

Sbs
Vor
Ssm
nsb
Rgu
Bbbpu
Sls
Tsm
Asm
Pvg
Ggd
Bbu
Rgu
Ksm
Hal
Gst
Rsb
Rgs
Wsp

Gsb
Pls
Jmb
Bml
Ptm
Syp
Mks
Rmb
sab
bbt
Jmb
Rpp
Abd
दाङ । बोल्दा युवा चाहिन्छ भन्ने,तर व्यवहारमा युवालाई पिछट्ने परिपाटी राजनीतिक वृत्तमा सहजै देखिन्छ। युवाहरूले मूलधारमा आउन अनेकौँ चुनौती सामना गर्नुपरेको छ । एक त आलोचनात्मक चेतलाई अस्वीकार गर्ने प्रवृत्ति हाबी छ । जसले समर्थक मात्र थप्न चाहन्छ, नेता जन्माउन चाहँदैन । विचार, विमर्श र बहसबाट टाढा भाग्छ,उसलाई पण्डित्याइँ ठान्छ। यो बिल्कुल युवाविरोधी चिन्तन हो। अर्को,समयले कोल्टे फेरिसक्दा पनि पुरानै ढर्राको विशेषतामा रमाउँछ । गतिशीलता, सिर्जनशीलता र युगसापेक्षतालाई अँगाल्न सक्दैन अर्थात् पुरातन मनोविज्ञान कायम राखिरहन्छ । त्यसैगरी तेस्रो पाटोबाट हेर्दा युवाहरू स्वयंको योग्यता, क्षमता र निखरतामा समस्या छ ।
१८ बर्ष पार गरेको र ४५ वर्ष भन्दा तलको उमेर उमेर समुह देशमा छैन । देशमा भएकाहरु छिट्टै देश छाड्न चाहान्छन । स्थिती यति भयावह छ की यो उमेर समुहको सरकारी जागिरे ,बैङ्कको कर्मचारी,शिक्षण पेशामा आवध्द ,प्रहरी आर्मी,राम्रै जागिर खाईरहेकाहरु समेत जागीर छाडेर बिदेशीने लहरमा छन्!
एक समय युवापुस्ता दबदबा रहेको नेपाली राजनीतिमा युवाको उपस्थिति बिस्तारै पातलिँदै छ । पुरानाले मरिगए ठाउँ नछाडेको र अधिकांश युवा तिनकै पछुवामै रमाएका देखिन्छन् । आफ्नै युवा अवस्थालाई अघिल्ला पुस्ताका नेताहरूले भुलेको देखिन्छ । किनकि, आफू युवा हुँदाकै उमेरसमूहको युवाले जिम्मेवारी खोज्दा उमेर नपुगेको, हतारिएको, अनुभव नभएको, अझ केही समय पर्खनुपर्ने वा धैर्य गुमाएको भन्ने गरिन्छ । यस्ता भनाइ मात्र होइन, आलोचनात्मक चेतलाई मूलधारका पार्टीहरूले नरुचाएको आभास सर्वत्र छ । परिणामतः युवाहरू राजनीतिबाट टाढिने क्रम बढ्दो छ । किन यस्तो हुँदै छ ? जवाफ अनेकौँ छन् । राजनीति गरिरहेका र यसलाई फोहोरी खेलको संज्ञा दिइरहेका दुवैथरीबाट युवालाई राजनीतिमा आउन हतोत्साही बनाउने गरेको पाइन्छ । यसमा युवापुस्ता सचेत बन्नैपर्छ ।
अहिलेको अबस्थामा सडकहरु सुधारउन्मुख छन् । यही गतिमा काम अगाडी बढ्दै गर्दा देशमा अबको १०-१५ बर्षमा सडक संरचना बदलिने अवस्था त छ । तर १५ बर्ष पछाडी ति सडकमा गुड्ने साधन केवल नेता कर्मचारीका सरकारी र केही धनाढ्यहरुका प्राईभेट साधन बाहेक सार्वजनिक सवारी साधन नचल्ने अवस्था नआउला भन्न सकिदैन। बिदेशीने लहरले यात्रु हरुकै अभाव भएसी घाटामा सवारी साधनहरु पनि चल्ने छैनन । जसरी अहिले देशै भरी पसल र सटर हरु बन्द भैरहेका छन । त्यसरी नै सार्वजनिक सवारी साधन बन्द हुने अवस्था आउन पनि सक्छ!
देशमा काम गर्नु पर्छ भनेर देशमै केही गर्न चाहाने युवाहरु नभएका हैनन तर लगानी गरेर उत्पादन भएको चिजको बजार छैन ,बजार नहुदा लगानीकर्ता हरु धमाधम डुब्न थालेपछी अहिले देशमा लगानी गर्न चाहानेहरु डराउन थालेका छन। खर्च गर्ने १८ देखी ४५ बर्ष भित्रको पुस्ता देशमा छैन । ४५ वर्ष माथीको उमेर पुस्ताले सकेसम्म खर्च गर्न चाहादैन,यस्तो अवस्थामा,उत्पादन पछीको बजार ठप्प जस्तै छ! राज्यले बिदेसबाट हुने अनावश्यक आयात लाई बन्द गर्दै देशका लगानीकर्ताहरुको उत्पादनलाई प्रोत्साहन गर्ने र अन्य कानुनी आर्थिक जटिलताहरुलाई सहजीकरण गर्न नसकेमा ,लगानीमैत्री बाताबरण राज्यले नबनाएमा उत्पादन क्षेत्रको लगानी अझै घट्दै जानेछ!
