
Ggp
Lnp
Msbus
Ksbus
Ggp
Rgp
Ksbus
Asbus
Sdc

दाङ । देउखुरीको लमही नगरपालिका-१ मा पर्ने बसन्तपुर-सित्लापुर नगरपालिकाकै दुर्गम तथा विकट बस्तीमध्ये एक हो । उत्तरतर्फ पहाडको चुचुरोमा अवस्थित यस बस्तीका नागरिकले भोग्दै आएका समस्या,स्वास्थ्य तथा शिक्षाको अवस्था र राज्यबाट प्राप्त हुँदै आएका सेवा-सुविधाका विषयमा लमही नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले स्थलगत रुपमा जानकारी लिएका छन् ।
प्रवक्ता गिरीले बस्तीमै पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै त्यहाँको वास्तविक अवस्था बुझेका हुन् । सो क्रममा स्थानीयवासीसँग स्वास्थ्य, शिक्षा,खानेपानी,पूर्वाधार तथा नगरपालिकाबाट उपलब्ध हुँदै आएका विभिन्न सेवा-सुविधाका विषयमा जानकारी लिएका थिए ।
त्यस्तै,बस्तीमा रहेका शिक्षा तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरुसँग समेत भेटघाट गरी विद्यालयको शैक्षिक अवस्था,विद्यार्थीको अवस्था,स्वास्थ्य सेवाको पहुँच,स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको सेवा तथा स्थानीय नागरिकले भोग्दै आएका समस्याबारे जानकारी लिएका छन् । भौगोलिक रुपमा विकट क्षेत्रमा रहेको बसन्तपुर, सित्लापुरका नागरिकका आवश्यकता र समस्यालाई नजिकबाट बुझ्दै गिरीले बस्तीको विकास,शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच विस्तार र नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउने विषयमा चासो व्यक्त गरेका छन् ।
स्थानीय नागरिक,शिक्षा तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी संकलन गरिएको जानकारीले आगामी दिनमा बस्तीको आवश्यकता पहिचान गरी योजना निर्माण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।
