Sidha Patra मंगलबार, भाद्र २३, २०८३

दाङ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कमा आउन सकेका छैनन् ।

आज मंगलबार सम्मको विवरणअनुसार सबैभन्दा धेरै बर्दियाका ७६ जना सम्पर्कविहीन रहेको लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयमा रहेको आपतकालिन कार्यसञ्चालन केन्द्रले जानकारी दिएको छ ।
त्यसपछि दाङका ५४ जना, बाँकेका २३ जना, रोल्पाका २४ जना, रुपन्देहीका १९ जना, पाल्पाका ९ जना, प्युठानका ९ जना, नवलपरासी पश्चिमका ९ जना, अर्घाखाँचीका ८ जना, गुल्मीका ७ जना, कपिलवस्तुका ६ जना र रुकुम पूर्वका ४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

यस्तै,बाढीपछि नवलपरासी पश्चिममा १५८ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये ५२ जना महिला, ९० जना पुरुष, ६ जना बालक, ६ जना बालिका र ४ जनाको लिङ्ग पहिचान हुन सकेको छैन । यसबाहेक ६४ वटा शरीरका अंगसमेत फेला परेका छन् । शरीरका अंगसहित नवलपरासी पश्चिममा फेला परेका शव तथा अंगको कुल संख्या २२२ पुगेको छ ।

त्यस्तै,फेला परेका शवमध्ये ९ जनाको सनाखत भएको छ । सनाखत भएकामा एक महिला र आठ पुरुष रहेका छन् । बाँकी १४९ शव तथा शरीरका अंगमध्ये १४२ शव र ६४ वटा शरीरका अंग व्यवस्थापन गरिएको विवरणमा उल्लेख छ । कुल २१३ शव तथा शरीरका अंग व्यवस्थापन गरिएको जनाइएको छ । बाढीपछि सम्पर्कविहीन भएका तथा फेला परेका शवको खोजी,पहिचान र व्यवस्थापन कार्य अझै जारी रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]