
Asbus
Ksbus
Msbus
Sdc
Rgp
Ggp
Ggp
Lnp
Ksbus

दाङ । आज भदौ २३ गते जेन्जी सहिद दिवसको अवसरमा गढवा बजारको मुख्य चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा आयोजित कार्यक्रममा २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जना जेन्जी युवाप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले दिवंगत जेन्जी युवाहरुको सम्झनामा एक मिनेट मौनधारण गर्दै दीप प्रज्वलन गरेका थिए । उनीहरुको योगदान र बलिदानको स्मरण गर्दै कार्यक्रममा उपस्थित महानुभावहरुले मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
दीप प्रज्वलन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी गढवा गाउँपालिका सभापति मुबारक अलि,समाजसेवी दयाराम यादव,समाजसेवी तथा युवा नेता प्रकाश भण्डारी लगायत बुद्धिजीवी,जेन्जी युवा तथा गढवावासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले जेन्जी आन्दोलनमा ज्यान गुमाएका युवाहरुको सम्झना गर्दै उनीहरुको बलिदानलाई सम्मान गर्नुपर्नेमा जोड दिएका थिए । दीप प्रज्वलनमार्फत दिवंगत युवाहरुको स्मृतिलाई जीवित राख्ने तथा उनीहरुप्रति सम्मान प्रकट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
