
Ksbus
Ksbus
Ggp
Ggp
Sdc
Rgp
Lnp
Msbus
Asbus

दाङ । घोराहीस्थित सञ्जीवनी शिक्षण अस्पताल स्वास्थ्य सेवा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित भएको छ ।
घोराही उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गत जनस्वास्थ्य प्रवर्द्धन शाखाले अस्पताललाई सम्मानपत्र प्रदान गरेको हो । स्वास्थ्य सेवा केन्द्रको गुणस्तरीय सेवा प्रवाह,जनस्वास्थ्य प्रवर्द्धन,स्वास्थ्य सेवाको पहुँच विस्तार तथा समुदायको स्वास्थ्य सुधारका लागि संस्थाले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको जनाइएको छ ।
सम्मानपत्रमा अस्पतालले समुदायमा पुर्याएको सेवा,निरन्तर सहकार्य तथा उल्लेखनीय भूमिकाको प्रशंसा गर्दै स्वास्थ्य सेवाको क्षेत्रमा देखाएको सेवाभाव,जिम्मेवारीबोध,सक्रिय सहभागिता र सहकार्यप्रतिको प्रतिबद्धता प्रशंसनीय एवं अनुकरणीय रहेको उल्लेख गरिएको छ । समुदायको स्वास्थ्य तथा समग्र स्वास्थ्य प्रणालीको सुदृढीकरणमा अस्पतालले पुर्याएको योगदानप्रति घोराही उपमहानगरपालिकाले हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सक्रिय भूमिका र सहकार्यको अपेक्षा गरेको छ ।
सम्मानपत्रमा घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका शाखा प्रमुख राधा पौडेल,प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रसाद बराल, नगर उपप्रमुख हुमा कुमारी डिसी तथा नगर प्रमुख नरसिंह चौधरीले हस्ताक्षर गरेका छन् । घोराही उपमहानगरपालीकाका प्रमुख नरुलाल चौधरीले अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकालाई सम्मानपत्रले सम्मान गरेका हुन् ।
घोराही–३,बरगदुवामा रहेको सञ्जीवनी शिक्षण अस्पतालले पछिल्लो समय विशेषज्ञ स्वास्थ्य सेवा तथा आधुनिक उपचार सुविधा मार्फत जिल्ला वासीलाई सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समय अस्पतालले बिशिष्टिकृत सेवा अन्तर्गत न्युरोलोजि र युरोलोजि सेवा सुरु गरेको छ भने कार्डियोलोजि सेवा असोजको १ गतेबाट सुरु हुने भएको छ ।
