Sidha Patra बुधबार, भाद्र २४, २०८३

मुस्ताङ । पछिल्दाे २४ घण्टामा मुस्ताङकाे लोमान्थाङमा ७ पटक भूकम्पको धक्का महसुस भएको छ ।

मुस्ताङको उत्तरी गाउँपालिका लोमान्थाङका स्थानीयहरु पटक पटक भूकम्प आएपछि त्रसित भएका छन् । निरन्तर गएको भूकम्पका कारण ऐतिहासिक तथा पर्यटकीय क्षेत्र लोमान्थाङमा ठुलो क्षति पुगेको गाउँपालिका अध्यक्ष टसी न्हूर्बू गुरुङले जानकारी दिए ।

त्यस्तै,सदियौँ पुराना माटोका संरचनाले भरिएको माटोको सहर लोमान्थाङका अधिकांश घरहरू चर्किएर बस्नै नमिल्ने अवस्थामा पुगेका छन् । गुरुङका अनुसार भूकम्पका कारण गाउँपालिका भित्रका करिब सबैजसो घरहरुमा चिरा परेको छ भने ५० प्रतिशतभन्दा बढी घरहरु तत्काल बस्नै नमिल्ने गरी उच्च जोखिममा परेका छन् ।

‘पुराना र नयाँ केही नभनी भूकम्पले क्षति गरेको छ । धेरैजसो घरहरु चिरिएका छन्,’ उनले भने, ‘अलिबेर अडिएर भूकम्प रह्यो भने सबै गर्ल्यामगुर्लुम ढल्छन् ।’ उनका अनुसार, २० देखि ३० प्रतिशत घरहरु पूर्ण रूपमा बस्न अयोग्य भएका छन् । ५० प्रतिशत जतिमा केही बढी क्षति भएको अनुमान गरिएको छ । भूकम्पका कारण मानवीय तथा पशु चौपायाको क्षति भने भएको छैन ।

क्षतिको यकिन विवरण सङ्कलन गर्न प्राविधिक टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको टोली फिल्डमा खटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालले जानकारी दिए । ‘जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र सुरक्षा टोली वडा–वडामा पुगेर मुचुल्का उठाउने र क्षतिको अवलोकन गर्ने काम सुरु गरिसकिएको छ,’ उनले भने । माटोले बनेका परम्परागत ऐतिहासिक संरचना भएकाले थप पराकम्पन आएमा बाँकी घरहरु पनि भत्किने जोखिम उच्च छ ।

त्यस्तै,गाउँपालिकाले क्षतिको वास्तविक विवरण सङ्कलन भइरहेको र यसबारे जिल्ला प्रशासन तथा सङ्घ र प्रदेश सरकारलाई समेत जानकारी गराइएको जनाएको छ ।रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]