Sidha Patra बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले रसुवा बाढीका कारण प्रभावित नागरिकहरुको खोज, उद्धार,तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५ करोड सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट,धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रहरूमा मानवीय तथा भौतिक क्षति गरेको छ । बाढी र पहिरोमा परी ज्यान गुमाएका नागरिकहरुप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै बैंकले बेपत्ताहरूको खोजी,घाइतेहरुको उपचार, प्रभावितहरुलाई तत्काल खाद्यान्न एवं बासस्थानको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सघाउ पुर्‍याउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराएको जनाएको छ ।

यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी,पहिरो,डुबान,भूकम्प तथा महामारी जस्ता विपद्हरुमा बैंकले आर्थिक,भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको छ । बैंकले हाल ३४१ शाखा कार्यालय,३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा,६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]