Sidha Patra बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ । सरकारले आज बिहानैदेखि रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रहरुमा खोजी,उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ ।

बाढीले ठुलो क्षति पुर्‍याएपछि तटीय क्षेत्र र प्रभावित बस्तीहरूमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । जोखिममा परेका नागरिकहरूको तत्काल सहायताका लागि नेपाली सेनाको टोलीले प्रभावित क्षेत्रमा पुगेर आवश्यक खाद्यसामग्री, टेन्ट र औषधिजस्ता राहत सामग्री वितरण गरिसकेको छ । सेनाको टोलीले प्रतिकूल मौसम र रातको समयमा पनि स्थल मार्गबाट उद्धार कार्यलाई निरन्तरता दिएको थियो ।

त्यस्तै,आज बिहानैदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रहरुमा खोजी र उद्धार कार्यलाई थप सशक्त बनाइएको छ । बेपत्ता भएकाहरुको खोजीका लागि हेलिकोप्टर र पैदल टोली दुवैलाई सक्रिय रुपमा परिचालन गरिएको छ ।

सरकारले भोटेकोशी र अन्य नदी किनारामा बसोबास गर्ने बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह समेत गरेको छ । बाढी र पहिरोको जोखिम अझै कायम रहन सक्ने भन्दै सुरक्षित स्थानमा रहन र सरकारी संयन्त्रको सम्पर्कमा रहन सूचित गरिएको छ । राहत र उद्धार कार्यमा कुनै कसर बाँकी नराख्ने सरकारले प्रतिबद्धता समेत जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]