
Asbus
Ggp
Rgp
Ksbus
Msbus
Lnp
Sdc
Ggp
Ksbus


काठमाडौँ । रसुवामा आएको बाढीका कारण बेपत्ता भएकामध्ये बिहीबार आज बिहान सवा आठ बजेसम्म १६५ जनाको शव फेला परेको छ ।
देशका विभिन्न स्थानमा भएको विपद्बाट ठुलो मानवीय क्षति भएको जानकारी गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको हो । अझै ८२६ जना मानिस बेपत्ता रहेको मन्त्रालयको तथ्याङ्क छ। बेपत्ता हुनेमा ८५ जना सुरक्षाकर्मी छन् ।
केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलका अनुसार ‘बेपत्ता सुरक्षाकर्मीमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना’ रहेका छन् । अन्य बेपत्तामा रसुवाका १६१ र नुवाकोटका एक जना छन् ।
यस्तै ५७९ जना पर्यटक पनि सम्पर्कविहीन बनेका छन् । सम्पर्कविहीन हुनेमा ११३ नेपाली र ४६६ विदेशी पर्यटक रहेको मन्त्रालयले जनाएको छ । विपद्मा परेका १०४ जनाको सफल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ४३, नुवाकोटका ५८ र धादिङका तीन जना छन् ।
फेला परेका १६५ शवमध्ये धादिङमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासीमा २६, तनहुँमा नौ र चितवनस्थित नारायणी नदी आसपास क्षेत्रमा ६४ वटा रहेका छन् । नवलपरासी पश्चिममा पनि पाँच जनाको शव फेला परेको छ । फेला परेका कतिपय शव क्षतविक्षत अवस्थामा रहेको जानकारी पौडेलले दिएका छन् ।
त्यस्तै,मन्त्रालयले सूचनाको संवेदनशीलतालाई ध्यानमा राख्दै आधिकारिक निकायबाट सम्प्रेषित समाचारलाई मात्र विश्वास गर्न आम नागरिकलाई अनुरोध गरेको छ ।
