
Ggp
Msbus
Ggp
Lnp
Rgp
Sdc
Ksbus
Ksbus
Asbus


सुर्खेत । कर्णाली प्रदेश सरकारमा नवनियुक्त ३ मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा रुकुम पश्चिमकी मिलन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कल्याणी खड्का र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा जुम्कित लामालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
तीनै जना मन्त्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट नियुक्त भएका हुन् । तिनै जना समानुपातिक कोटाबाट सांसद बनेका हुन् । यसअघि भौतिकमा विन्दमान विष्टको नाम फाइनल भएको थियो । तर साबिक समाजवादी कोटाबाट मन्त्री बनाइनुपर्ने भन्दै विवाद भएपछि अन्ततःसाबिक समाजवादीकी सांसद कल्याणी खड्का नै मन्त्री बनेकी छिन् ।
त्यस्तै,मुख्यमन्त्री मंगलबहादुर शाहीले झन्डै एक महिनापछि आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । उनकै दल नेकपाभित्र मन्त्रीका लागि लफडा हुँदा सरकार गठनमा ढिलाइ भएको थियो ।
