
Msbus
Ksbus
Lnp
Ggp
Rgp
Asbus
Sdc
Ggp
Ksbus


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि सडक मार्ग हुँदै नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन् ।
शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि सँगै प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन् । उनीहरु बिहीबार बिहान ९:३० बजे बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक विदुरतर्फ प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बुधबार रसुवाको भोटेकोसी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । बाढीको लगत्तै सरकारले उद्धार र राहतका लागि सरकारकी संयन्त्रहरू परिचालन गरेको छ ।
त्यस्तै,भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधार मन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्ने छ । साथै,सम्पूर्ण प्रभावित क्षेत्रहरूमा राहत पुर्याउन र पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन गर्न सकिने सबै आवश्यक काम गर्न पनि सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
