
Rgp
Msbus
Ksbus
Asbus
Sdc
Lnp
Ggp
Ggp
Ksbus


काठमाडौं । रसुवा स्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ ।
नेपाल प्रहरीका अनुसार पूर्वी नवलपरासीमा मात्रै ६२ जनाको शव फेला परेको छ । तीमध्ये २६ जनाको शव विभिन्न ७ वटा अस्पतालमा राखिएको छ भने ३६ जनाको शव घटनास्थलमै रहेको नवलपरासी पूर्व प्रहरीले जनाएको छ । यसअघि रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९ र नवलपरासी पश्चिममा ६ जनाको शव फेला परेको प्रहरीले जनाएको थियो ।
त्यस्तै,३३ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा १९ जना, ट्रमा सेन्टरमा ८ जना, वीर अस्पतालमा २ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना, नर्भिक अस्पतालमा २ जना र मनमोहन अस्पतालमा १ जनाको उपचार भइरहेको छ ।
यस्तै,काठमाडौं ल्याइएका अन्य घाइते भने उपचारपछि डिस्चार्ज भएका छन् । बाढीबाट प्रभावित क्षेत्रमा घाइते तथा बेपत्ताको खोजी र उद्धार कार्य बिहीबार आज पनि जारी रहेको प्रहरीले जनाएको छ ।
