
Dpm
sjnsplk
pvg
rgs
Sdc
snmbs
dpm
Ges
Snmbs
Snmbs
Gesld
Dbc
Pbu
Amb
Mbf


दाङ । राप्ती राजमार्ग अन्तरगत सल्यानको शारदा नगरपालिका १ बसपार्क नजिक बसको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।
दाङबाट सल्यानको कुमाखतर्फ जाँदै गरेको ना ३ ख ६६१६ नम्बरको बसले आइतबार दिउँसो करिब १२ बजेतिर ठक्कर दिदा छत्रेश्वरी गाउँपालिका ७ निवासी ४६ वर्षीया उमा रेउलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
त्यस्तै,बसको ठक्करबाट गम्भिर घाईते भएकी रेउलेलाई उपचारका लागी जिल्ला अस्पताल सल्यान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ । बस र बस चालक कुमाख गाउँपालिका ३ निवासी अन्दाजी ३० वर्षीय डिल्ली बुढालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
