
Dpm
dpm
pvg
Sdc
Snmbs
sjnsplk
Dbc
Pbu
Mbf
Snmbs
snmbs
rgs
Ges
Gesld
Amb


रोल्पा । सुनिलस्मृति गाउँपालिकाको आयोजनामा सामुदायिक तथा संस्थागत विद्यालयका विपद फोकल पर्सनहरुलाई लक्षित गर्दै एकदिने विपद व्यवस्थापन,राहत,उद्धार तथा विपद कोष सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विविध पक्षबारे जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत तुलप्रसाद कवरले विपद व्यवस्थापन, राहत तथा उद्धारका विषयमा सहजीकरण गर्दै विद्यालय तहमा विपद पूर्वतयारी,जोखिम न्यूनीकरण र आपत्कालीन अवस्थामा अपनाउनुपर्ने उपायबारे प्रशिक्षण दिएका थिए ।
त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नगेन्द्रप्रसाद रिजालले विपद व्यवस्थापनमा स्थानीय सरकार,शिक्षक तथा समुदायको साझा जिम्मेवारीबारे प्रकाश पारेका थिए । वरिष्ठ लेखा अधिकृत मधुसूदन गैरेले विपद व्यवस्थापन कोष ९ सञ्चालन कार्यविधि, २०८२ सम्बन्धी जानकारी गराउँदै विपदका बेला कोष परिचालनको प्रक्रिया स्पष्ट पारेका थिए ।
कार्यक्रममा गाउँपालिका भित्रका ४० वटा विद्यालयका विपद फोकल पर्सनहरुको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ। विद्यालय तहमा विपद प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताइएको छ ।मालाश्रीखबर
