
Gisld
mbd
Gmk
Mbdvs
Ksm
Anm
Rbs
Sds
Pbu

Tsm
nsb
Rsb
Asm
Ksm
Rgs
Hal
Bbbpu
Rgu
Gst
Pvg
Sls
Ssm
Vor
Sbs
Rgu
Ggd
Wsp
Bbu

Bml
Abd
Gsb
Ptm
Jmb
sab
Rpp
Jmb
bbt
Rmb
Syp
Mks
Pls
बर्दिया । बर्दियामा ट्रकको ठक्करबाट एक जना सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ भने जवान सहित दुई जना घाईते भएका छन् ।
त्यस्तै,मृत्यु हुनेमा बाँसगढी नगरपालिका–५, मोतिपुरका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार कडेल रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । ठक्करबाट गम्भीर घाइते भएका कडेललाई उपचारका लागी जिल्ला अस्पताल गुलरिया पुर्याईएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता तथा डिएसपी रेशम बोहराका अनुसार दुर्घटनामा परी बासगढी नगरपालिका–८ ककौराका ३५ वर्षीय सशस्त्र प्रहरी जवान दीपककुमार जङ शाह र ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५, समरी हेटौंडाका ४० वर्षीय निरन्जन दर्जी घाइते भएका छन् ।
शाहलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर बाँके रिफर गरिएको छ भने चालकको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको उनले जानकारी दिए । मृतक कँडेल र घाइते शाह दुवै जना फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर,बर्दियामा कार्यरत थिए ।
