
Unsku
Rgp
Pbu
Sgr
Lnp
Ggp
Srbpu
Rgp1
pku

Rgu
Wsp
Ssm
Bbbpu
nsb
Rsb
Asm
Ksm
Sbs
Pvg
Bbu
Vor
Tsm
Rgu
Rgs
Sls
Gst
Hal
Ggd

Abd
Mks
Jmb
sab
Pls
Bml
Gsb
Rpp
Syp
bbt
Jmb
Ptm
Rmb
बुटवल । बुटवलमा आयोजित जीतगढी विजय उत्सवलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्लालाई राष्ट्रिय सम्पदाको सूचीमा सूचिकृत गर्न संघीय सरकारसँग पहल भइरहेको बताएका छन्। उनले किल्लालाई राष्ट्रिय महत्वको धरोहरका रूपमा स्थापित गर्न प्रदेश सरकारले पनि थप प्रयास गर्ने प्रतिबद्धता जनाए।
मुख्यमन्त्री आचार्यले जीतगढी किल्लाको ऐतिहासिक महत्व स्थानीय स्तरमा मात्र सीमित नभई राष्ट्रिय स्तरमा स्थापित गर्नुपर्नेमा जोड दिए। उनका अनुसार यो किल्ला राष्ट्रिय स्वाभिमानसँग जोडिएको सम्पत्ति भएकाले यसको संरक्षण सबै नेपालीको साझा दायित्व हो।
बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको विजय उत्सव यस वर्ष पनि विशेष कार्यक्रमसहित सुरु भएको छ। वि.सं. १८७२ वैशाख ७ गते अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक विजयको सम्झनामा यो उत्सव मनाइन्छ।
कार्यक्रममा उपमहानगर प्रमुख खेलराज पाण्डेको अध्यक्षता रहेको थियो भने इतिहासविद् देवेन्द्रराज शाक्यले किल्लाको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराएका थिए। उपप्रमुख सावित्रा अर्यालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
इतिहास अनुसार उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले सुलेभान उड नेतृत्वको अंग्रेज फौजलाई पराजित गरेको थियो, जसमा तीन सयभन्दा बढी अंग्रेज सैनिक मारिएका थिए।
