
Lnp
Srbpu
Pbu
Rgp1
Ggp
Rgp
Unsku
Sgr
pku

Pvg
Rsb
Tsm
Ksm
nsb
Rgs
Ggd
Bbu
Sls
Hal
Gst
Sbs
Rgu
Asm
Ssm
Bbbpu
Rgu
Vor
Wsp

bbt
Bml
Jmb
Gsb
Pls
Ptm
Rpp
Syp
Jmb
Rmb
Mks
sab
Abd
चितवन । राप्ती नदी किनारमा १७ वटा घडियाल गोहीका गुँड फेला परेका छन्। चितवन राष्ट्रिय निकुञ्जले गत चैत १ गतेदेखि सुरु गरेको गुँड खोजी अभियानका क्रममा ती गुँडहरू पहिचान गरिएको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार बोटे समुदायका दुई जनाको सहयोगमा गुँड खोजी कार्य सम्पन्न गरिएको हो। प्रत्येक वर्ष चैत महिनामा गुँड पहिचान गरी वैशाखमा अण्डा सङ्कलन गर्ने गरिन्छ। यस वर्ष अण्डा सङ्कलन वैशाख १० गतेदेखि सुरु हुने उनले जानकारी दिए।
हाल गुँड पहिचानको काम सकिएको र अब कुन-कुन गुँडबाट अण्डा सङ्कलन गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए। सङ्कलित अण्डा निकुञ्जको गोही प्रजनन केन्द्रमा लगेर कोरल्ने प्रक्रिया सुरु गरिनेछ।
अघिल्ला वर्षहरूमा राप्ती र नारायणी नदी दुवै क्षेत्रमा गुँड खोजी गरिए पनि यस वर्ष भने राप्ती नदीमा मात्र खोजी गरिएको हो। प्रजनन केन्द्रमा अण्डाबाट चल्ला निकालिएपछि ती चल्लालाई हुर्काएर पुनः नदीमा छोड्ने गरिन्छ।
