
Snmbs
snmbs
Gesld
rgs
sjnsplk
Pbu
Snmbs
Dpm
Ges
Sdc
pvg
dpm
Mbf
Dbc
Amb


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज बुटवलमा जितगढी विजय उत्सवको औपचारिक शुभारम्भ गरेका छन्। बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको यो उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु गरिएको हो।
उत्सवको अवसरमा बुटवलको नुवाकोट क्षेत्रमा नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो। त्यसपछि बुटवल उपमहानगरपालिकाबाट विभिन्न झाँकीसहितको र्याली निकालिएको थियो, जुन जितगढी किल्ला पुगेपछि औपचारिक कार्यक्रममा परिणत भएको थियो।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयका अनुसार उत्सवको मुख्य उद्देश्य ऐतिहासिक जितगढी किल्लाको संरक्षण, प्रवर्द्धन तथा वीरताको इतिहासलाई जनस्तरसम्म पुर्याउनु हो।
वि.सं. १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अङ्ग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाउने परम्परा रहँदै आएको छ।
तिनाउ नदी किनारस्थित जितगढी क्षेत्रमा भएको उक्त युद्धमा नेपाली सेनाको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए भने अङ्ग्रेज फौजको नेतृत्व जनरल सुलेभान उडले गरेका थिए। इतिहासविद्हरूका अनुसार उक्त युद्धमा तीन सयभन्दा बढी अङ्ग्रेज सैनिक मारिएका थिए।
