
mbd
Pbu
Sds
Mbdvs
Rbs
Gisld

Pvg
Ssm
Rgs
Ksm
Tsm
Asm
Rsb
Gst
Wsp
Ggd
Sls
Bbu
Rgu
Bbbpu
Hal
Sbs
Vor
nsb
Rgu

Jmb
Gsb
Rmb
Abd
bbt
Mks
Bml
Syp
Rpp
Jmb
Ptm
sab
Pls
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० खानीगाउँमा आगलागी हुँदा तीन घर र एक गोठ पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सोमबार दिउँसो करिब १:३० बजे स्थानीय तेज बहादुर पुनको गोठमा एक्कासि आगलागी सुरु भएको थियो । आगो छिट्टै फैलिँदा नजिकै रहेका घरहरूमा समेत क्षति पुगेको हो ।
आगलागीबाट थमन घर्तीको दुईतले तीन कोठे कच्ची घर, जीवन पुनको दुईतले चार कोठे कच्ची घर तथा खुम बहादुर पुनको तीनतले चार कोठे कच्ची घर पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
घटनाबारे स्थानीय बिमलराज डाँगीले दिउँसो २ बजे प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि अस्थायी प्रहरी पोष्ट बाबियाचौरबाट प्रहरी हवल्दार चुक बहादुर रावलको कमान्डमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनामा मानवीय तथा चौपाया क्षति भने नभएको बताइएको छ ।
प्रहरीले आगलागीका घटना न्यूनीकरणका लागि खुला स्थानमा आगो बाल्दा सावधानी अपनाउन र खेतबारीमा घाँस, नल तथा पराल जलाउँदा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
उक्त आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
