
Csbus
Gsbus
Ksbus
Ksbus
dsbus
Lsbus
gms
Bsbus
Pbu
Nssbus7
Ksbus
Gsl
Rsbus
Bksbus5
bpmhl
Ssbus
Ssbus
Ssbus
Jsbus

Bbbpu
Rsb
Pvg
Vor
Bbu
Tsm
Sbs
Sls
Rgu
Rgu
Rgs
nsb
Hal
Asm
Ssm
Wsp
Gst
Ksm
Ggd

Jmb
sab
Gsb
Bml
Mks
Ptm
Pls
Jmb
bbt
Syp
Rmb
Abd
Rpp
काठमाडौं । निर्वाचन आयोगले शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीहरुलाई राजनीतिक दल र उम्मेदववारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेको हो । निर्वाचनको स्वतन्त्रता,स्वच्छता,निष्पक्षता, पारदर्शिता,मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । तर, आचारसंहिता विपरित केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको उजुरी आयोगमा पुगेको छ । त्यसपछि आयोगले विज्ञप्ति नै निकालेर शिक्षक र कर्मचारीलाई दल र उम्मेदवारको चुनावी प्रचारमा नजान भनेको हो ।
त्यस्तै शिक्षा ऐन २०२८ को दफा १६ङ. को उपदफा (५) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षक वा कर्मचारीलाई पदवाट हटाइने व्यवस्था छ । निर्वाचन आचारसंहिता २०८२ को दफा १० को खण्ड (क) मा बिद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी,प्राध्यापक तथा शिक्षक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसारमा संलग्न हुन नपाउने प्रावधान छ ।
यस्तै यी सन्दर्भ उल्लेख गर्दै आयोगले भनेको छ, ‘शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीले आफ्नो पदको मर्यादा तटस्थता तथा कानुनी दायित्वलाई मनन् गर्दै आचारसंहिता विपरीत हुने कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसार नगर्न नगराउन सचेत गराइन्छ ।’आचारसंहिताको व्यवस्था प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गतिविधिमा सामेल भएको पाइएमा कारबाही हुने आयोगको चेतावनी छ ।अनलाइनखबर
