ओमप्रकाश गुप्ता आइतबार, फाल्गुण २५, २०७६

सिसहनियाँ  । गायक तथा मोडेल कमल नारायणीको पहिलो गित तिमीलाई देखेपछि शुक्रबार सार्वजनिक भएको छ । कमल नारायणीकै लेखन,निर्देशन र मोडलिङमा सो गित सार्वजनिक भएको हो । संगितकार महेश विक्रम पाण्डे,शब्द पुजा गुरूङ तथा भिडियो छायांकन नविन चाैधरीले गरेका छन् । गीतमा मोडेल तथा गायक कमल दमाई र गायिका तथा मोडेल नारायणी क्षेत्रीको स्वर रहेको छ “तिमीलाई देखेपछि” को गितमा कमल र नारायणीले नै अभिनय गरेका छन् । पछिल्लो समयमा युवाहरू बढी मात्रमा माया प्रेममा बाँधिएको परिबेशलाई समेटेर गित निर्माण गरिएको गायक,मोडेल तथा निर्देशक कमल दमाईले जानकारी दिएका छन् । उनीहरूले सो गित आफ्नै यूटूब च्यानल मार्फत सार्वजनिक गरेका छन् । २०७३ साल देखि मोडलिङ गर्न सुरू गरेको यो जोडी पछिल्लो समय देशैभर चर्चित छन् । उनीहरूलाई हरेक मेला महोत्सवमा बोलाइने गरिएको छ । उनीहरूको प्रस्तुतीमा दर्शकहरू निकै रमाउने गरेका छन् । लमही नगरपालिका ४ निवासी कमल दमाई र लमही नगरपालिका २ निवासी नारायणी क्षेत्री हाल सम्म मोडलिङ मात्र गर्दै अाएका थिए । एक्कासी अाफ्नै स्वरमा गित र मोडलिङ सँगसँगै गर्दा दर्शकहरू अचम्ममा परेका छन् ।

हाम्रो टिम

संचालक : मेगमन बुढा मगर
सम्पादक: कृष्णे घर्ती मगर
निर्देशक: भानु जोशी
जिल्ला ब्युरो: टेकबहादुर पुन
वरिष्ठ सम्बादाताहरु: शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बादाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रावण बस्नेत

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]