
mbd
Gmk
Ksm
Mbdvs
Anm
Pbu
Gisld
Rbs
Sds

Wsp
Rgs
Ksm
Rgu
Asm
Pvg
Rgu
Sls
Gst
Rsb
nsb
Bbbpu
Tsm
Hal
Ssm
Bbu
Sbs
Ggd
Vor

Abd
Gsb
Rmb
Ptm
Bml
Rpp
Jmb
Syp
Pls
sab
Jmb
bbt
Mks
दाङ । लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस मनाउन सुरू गरेको छ । उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले आइतबार राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा दिवसको अवसर पारि साँस्कृतिक समुहहरू बीचको प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको हो ।
जसमा सामुहिक नृत्य तर्फ नेपाल मगर संघ नाैमती बाजा समुह राप्ती गाउँपालिका वडा नम्बर ३ प्रथम, मगर आमा समुह वडा नम्बर १ भालुवाङ दोस्रो र नम्सरी जि.एमको समूह तेस्रो र स्नेह पाण्डेको समुहले सान्त्वना स्थान ल्याउन अफल भएका छन् । भने एकल नृत्य प्रतियोगिता तर्फ मगर महिला संघ राप्ती १ भालुवाङकी सपना बुढा मगर प्रथम,पुनम नगरकोटी दोस्रो,आशाका किरण सान्त्वना स्थान प्राप्त गरेको छ ।
मन्त्रालयका सचिव रामहरि ज्ञवालीको अध्यक्षता एवम् आन्तरिक मामिला मन्त्रालयका सचिव लालबाबु कवारीको प्रमुख आतिथ्यता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र कमलापति चाैधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखा राप्ती गापाका अधिकृत बासुदेव खनालले गर्नु भएको थियो । सोही कार्यक्रमको पुरस्कार वितरण सोमबार लुम्बिनी प्रदेशको सभाहलमा विहान ८ बजे विशेष समारोहको बिचमा सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।

