
nsm
Sssbus1
Ssbus
Ssbus
ssbus
tssbus
Ssbus
Sssbus1
Gsl
Pbu

Asm
Sls
Wsp
Pvg
Ssm
Ggd
Gst
Vor
Rgs
Sbs
Hal
nsb
Bbbpu
Rsb
Tsm
Bbu
Rgu
Rgu
Ksm

Rmb
Pls
Ptm
Mks
Bml
Gsb
Syp
sab
Jmb
Abd
Jmb
Rpp
bbt
काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुर लगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरुलाई आ-आफ्नो भूमिकामा फर्किन भनेको छ । पार्टी निर्णय विपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरुमाथि कारबाही गरिएको बताइएको छ ।
यस्तै पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले आह्वान गरेका थिए । तर, थापा र शर्मा सहभागी केन्द्रीय समितिको बैठकले नै पार्टीको नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति गरेको थियो । उनीहरुले उक्त निर्णयमा फरक मत राखेका थिए ।
विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए । पार्टी विभाजन रोक्न भन्दै विभिन्न चरणमा नेताहरू छलफलमा बसेका थिए । मंगलबार नेताहरूले तीन चरणमा छलफल गरेका थिए ।
त्यस्तै आज बिहानमात्रै महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । उक्त छलफलले पनि निकास निकाल्न सकेन । विशेष पक्षका महामन्त्रीद्वयले निर्वाचन समितिलाई कारबाही अघि बढाउन निर्देशन दिए । सोही अनुसार सभापति पदमा गगन थापाको नाम दर्ता गरिएको छ । निर्वाचन समितिले अन्य पदाधिकारीमा पनि मनोनयन भइसकेको बताएका छन् ।अनलाइनखबर
