
Jns
lnp
Dus
Rgp
Rgp
Lnp
Sgp
Usb
Asb
Rgp
Lks
ksb
Ggp
Ggp
Rgp

lms

बाँके । नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकर पोख्रेलले मुलुकलाई संकटबाट उकास्न आफ्नो दल सक्षम रहेको बताएका छन् ।
पार्टीको बाँके जिल्ला कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको जनसभामा उनले राष्ट्रलाई वर्तमान संकटबाट उकास्न पार्टी क्रियाशील रहेको बताए ।’जनताको रोजाइमा पहिलो पार्टी बनिसकेको थियो, अब हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्ने अभियानमा छौँ,’उनले भने । राष्ट्रलाई वर्तमान संकटबाट उकास्न सबै लोकतन्त्रवादी एकजुट हुनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै महासचिव पोख्रेलले भने,’देशको संकट टार्न र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधि सभाको पुनःस्थापना गरेर त्यसका माध्यमबाट युवाका माग सम्बोधन गर्न सकिन्छ ।’रातोपाटी
