
Syees
Pbu
Gsl
Nssbus7
Bksbus5
Rbs
Csbus
Ratbs
Ddhbs
gms
syysr
Ssbus
Gsbus
Amb
dsbus
Jsbus

Rgs
Wsp
Ggd
Pvg
Ksm
Sbs
Bbbpu
nsb
Asm
Rgu
Rsb
Bbu
Rgu
Tsm
Ssm
Vor
Sls
Hal
Gst

Abd
Mks
Jmb
Rpp
Syp
Pls
Bml
Jmb
Gsb
Rmb
Ptm
bbt
sab
रुपन्देही । बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्यानलले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनलाई पराजित गरेको छ ।
शुक्रबार राति सम्पन्न चुनावी परिणाम अनुसार १४ सदस्यीय कार्यसमितिमा उपााध्यक्ष, सहसचिव र एक सदस्यबाहेक सबै पद जितेको हो । बुटवल उपमहानगरपालिकाको वडा नम्बर १४, १५ र १९ का १७ सय उपभोक्ता रहेको निर्वाचनमा १० धारा बराबर एकजना परिषद् सदस्यका दरले १७१ मतदाता थिए ।
त्यस्तै उक्त निर्वाचन समितिका संयोजक अधिवक्ता जोखबहादुर खत्रीका अनुसार अध्यक्षमा रास्वपाका कृष्ण थापाले ८८ मत पाएर निर्वाचित हुँदा गठबन्धनबाट नेपाली कांग्रेसका नरबहादुर मल्ल ७५ मत पाएर पराजित भएका छन् । मल्ल बुटवल उपहानगरपालिका- १४ का कांग्रेस वडा सभापति हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा गंगाबहादुर पौडेल, उपाध्यक्षमा शंकर पौडेल, सचिवमा मधुप्रसाद घिमिरे, कोषाध्यक्षमा छत्रबहादुर खत्री र सहसचिवमा पृथबहादुर थापा निर्वाचित भएका छन् । यस्तै महिला सदस्यहरुमा राधा कार्की खांण र सीता बस्नेत, अन्य सदस्यहरुमा राजकुमार गौतम र हरिप्रसाद खनाल विजयी भए भने लिलाधर दंगोरिया थारु गोलाप्रथाबाट निर्वाचित भए । आन्तरिक लेखा समिति संयोजकमा विष्णुप्रसाद पाण्डे तथा सदस्यमा लक्ष्मण सेन निर्वाचित भए भने महिला सदस्यमा सरस्वती बुढा गोलाप्रथाबाट निर्वाचित भएको निर्वाचन समिति संयोजक खत्रीले जानकारी दिए ।
त्यस्तै रास्वपाबाट निर्वाचित सचिव मधुप्रसाद घिमिरेले आफूहरुले उपभोक्ताको संस्थामा दुई ठूला दलले सिन्डिकेट नगरी सबै दलको सहमतिमा नेतृत्व चयनको प्रस्ताव राख्दा १० मत पनि नभएको दल भनेर होच्याएपछि आफूहरुले चुनावी प्रतिस्पर्धा गरेको बताए । रास्वपाको प्यानललाई दलगत समर्थन कसैको नरहेको तर परिवर्तनशील मतदाताको समर्थन रहेको घिमिरेले बताए ।
यसअघि ५ हजार मतदाता रहेको बुटवलकै नयाँगाउँ खानेपानी संस्थामा पनि रास्वपाले कांग्रेस एमाले गठबन्धनलाई चुनौती दिएको थियो । जहाँ रास्वपाको प्यानल ५७ मतको झिनो अन्तरले पराजित भएको थियो ।अनलाइनखबर
