
Ddhbs
Bksbus5
Gsl
syysr
gms
Pbu
Amb
Rbs
Nssbus7
dsbus
Csbus
Ratbs
Jsbus
Ssbus
Syees
Gsbus

Ksm
Bbu
Vor
Sbs
Pvg
Gst
Ssm
nsb
Asm
Rgs
Rgu
Rsb
Bbbpu
Hal
Tsm
Sls
Ggd
Wsp
Rgu

Pls
Abd
Rmb
Ptm
Bml
Jmb
bbt
Rpp
Mks
Gsb
Jmb
sab
Syp
काठमाडौँ । प्रतिगामी षडयन्त्रका विरुद्ध नेकपा एमालेले देशैभरि आज जनसभा गर्दैछ ।जनपरिचालन कार्यक्रम अन्तरगत शनिबार आज अधिकांश जिल्ला सदरमुकाम वा ठुला सहरमा जनसभाको आयोजना गर्न लागिएको हो।
एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरु जिल्ला जिल्लामा खटिएका छन् । ‘पार्टीले सबै जिल्ला इन्चार्जहरुलाई आफ्नो जिम्मेवारी क्षेत्रमा खटाएको छ । आजको सभाबाट हामी एमाले देशैभरि अहिले पनि लोकप्रिय शक्ति हो भनेर स्थापित गराउँछौँ’ गौतमले भने । गौतमका अनुसार जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन भइरहेको छ।
पहिलो चरणमा गत २२ गते देशैभरि वडा भेला भएको छ । २५ गते अधिकांश पालिकाहरुमा जनप्रदर्शन तथा र्यालीहरु भएका छन् । तेस्रो चरणको कार्यक्रम अन्तरगत आज जिल्लाहरु जनसभा हुँदैछन् । जनपरिचालनको समापन मङ्सिर ६ गते काठमाडौँमा विशाल जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिए।
त्यस्तै आजको जनसभामा महासचिव शङ्कर पोखरेलले नेपालगन्जमा सम्बोधन गर्नेछन् भने उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी,अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गर्नेछन् ।
यसैगरी रुपन्देहीमा हुने कार्यक्रममा सचिव छविलाल विश्वकर्मा अर्का सचिव पद्मा अर्यालले झापाको बिर्तामोडमा आयोजना हुने जनसभालाई सम्बोधन गर्नेछिन् । कोशीका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिकमत कार्कीले धनकुटामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
