
Usb
Asb
Rgp
Rgp
Dus
Ggp
Ggp
lnp
Sgp
ksb
Rgp
Rgp
Lnp
Lks
Jns

lms

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणा शुक्रबार नेपाल फर्केका छन् ।
कात्तिक १० गते उपचारका लागि सिंगापुर गएका उनीहरु १८ दिनपछि स्वदेश फर्केका हुन् । देउवा दम्पतीलाई स्वागत गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का र प्रवक्ता प्रकाशशरण महत पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
त्यस्तै जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बुढानिलकण्ठ स्थित घरभित्रै पसेर प्रदर्शनकारीहरुले सभापति देउवा दम्पतीमाथि आक्रमण गरी घाइते बनाएका थिए ।
त्यस्तै सभापति देउवाले असोज २८ गते केन्द्रीय कार्यसमिति बैठकमा पुगेर उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसपछि थप उपचारका लागि उनीहरु सिंगापुर गएका थिए ।
