
Ssbus
nsm
Sssbus1
Ssbus
Pbu
tssbus
ssbus
Ssbus
Gsl
Sssbus1

Bbbpu
Vor
Rsb
Gst
Tsm
Rgu
Rgu
Hal
Ssm
Ggd
nsb
Bbu
Pvg
Sbs
Ksm
Asm
Sls
Wsp
Rgs

Syp
Ptm
Mks
Gsb
bbt
Jmb
Bml
Rmb
Pls
sab
Jmb
Abd
Rpp
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्य समितिको टुंगो लगाएपछि मात्र सबै तहका समितिमा समायोजन प्रक्रिया अगाडि बढाउने भएको छ ।
नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायत १२ वाम दल मिलेर नेकपा बनाइएको हो । कात्तिक १९ गते एकता घोषणामा पुष्पकमल दाहाल प्रचण्ड केन्द्रीय संयोजक र माधवकुमार नेपाल सहसंयोजक चयन भएका थिए । निर्वाचन आयोगले शुक्रबार नेकपालाई दल दर्ताको प्रमाणपत्र दिइसकेको छ ।
कात्तिक २३ गते आयोग पुगेर नेताहरूले दल दर्ता प्रक्रियाका लागि पार्टीको विधान, घोषणापत्र र केन्द्रीय समितिको सूची पेस गरेका थिए । एकता समायोजनपछि केन्द्रमा नेकपाको चार तहको संरचना बन्ने नेता प्रकाश ज्वालाले जानकारी दिए । उनका अनुसार साविक पार्टीको केन्द्रीय समितिमा रहेका सबै सदस्यलाई मिलाएर केन्द्रीय समिति बन्नेछ । त्यो समिति १७ सयदेखि १९ सयसम्मको हुन सक्नेछ । विधान अनुसार ६०१ सदस्यीय केन्द्रीय कार्यसमिति बन्नेछ । जुन निर्वाचन अयोगमा अध्यावधि हुनेछ । केन्द्रमा केन्द्रीय कार्य समिति,केन्द्रीय समिति,केन्द्रीय सचिवालय र केन्द्रीय कार्य संयोजन समिति रहने ज्वालाले जानकारी दिए । उनका अनुसार केन्द्रीय कार्य संयोजन समिति आपसी सहमतिका आधारमा कम्तीमा ३५ सदस्यीय बन्नेछ । त्यस्तै केन्द्रीय कार्यसमिति विधानमै ६०१ सदस्यीय रहने व्यवस्था भएकाले सोही अनुसार समायोजन हुने उनले बताए ।
त्यस्तै कार्य समितिबाट १०० जना हाराहारीको सचिवालय बन्न सक्ने ज्वालाको भनाइ छ । केन्द्रीय समिति साविक पार्टीका केन्द्रीय समितिलाई समायोजन गरी बनाइने छ । नेकपामा स्थायी कमिटी र पोलिटब्युरो रहनेछैन । नेकपाको अन्तरिम विधान २०८२ को धारा–३८,३९,४०, ४१ र ४२ मा क्रमशः केन्द्रीय कार्य समिति,केन्द्रीय समिति,केन्द्रीय सचिवायल,केन्द्रीय संयोजक समिति र केन्द्रीय निकाय रहेन व्यवस्था छ ।
