
Gsbus
Bpb
Ppu
Asm
Sys
gms
smb
jms
Ssbus
jmb
Rg-9

Tsb
Ln8
Ln9
Gg1
Ln3
bml
Ln1
cks
Sbs
Ln2
Usb
Ssb
kbs
bmj
Gg5
Dps
Hl1
Ln7
Gsb
Rys

Jab
Sml
Gg2
Gg3
Ksb
ptl
Jpb
Snk
Rss
Sab
Nps
Gjl
Rgu
Gg6
Sbs
Gg4
Bpb
दाङ । मोटरसाईकल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नं. ६ का १९ बर्षिय ओसिम खान र सोही ठाउँका १८ बर्षिय बरुण कुमाल रहेका छन् ।
कपिलबस्तु जिल्ला शिबराज नगरपालिका वडा नं. ३ का ३० बर्षिय बिक्रम केसीको लु १८ प ९५०४ नं. को १५० सीसीको पल्सर मोटरसाईकल र राप्ती गाउँपालिका वडा नं. २ का गिरीराज भुसालको बा८३प ७६७५ नं. को १५० सीसीको पल्सर मोटरसाईकल चोरी भएको निवेदनको आधारमा खोजतलास गर्दै जाँदा उनीहरुलाई घोराही उपमहानगरपालिका वडा नं. १४ बसपार्कबाट मंगलबार दिउँसो २ बजे नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्तिहरुको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनु भयो ।
