
Gsb
Csb
Usb
Nsb
Rsb
Fmb
Ssb
Bsn
Rks
Ppu
Ksb
Ssb
jsb
Tgp
Ksb
Ksb

Tsb
Ssb
Gsb
Hl1
Usb

Rgu
Nps
ptl
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
सुनुवाइ कार्यक्रम वडा नम्बर २ स्थित करम्दी सामुदायिक वन उपभोक्ता समिति भवनको प्राङ्गण,एकतानगरमा भएको हो । गाउँपालिकाले आफ्ना मातहतका कार्यालयहरूबाट प्रदान गरिएका सेवा, योजना र कार्यबारे जानकारी गराउँदै, सेवाग्राहीसँग अन्तरक्रिया गर्न तथा सेवा प्रदायकलाई जवाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइको आयोजना गरिएको पालिकाले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूले शिक्षा,स्वास्थ्य,कृषि, सडक,सिँचाइ,विद्युत्,विपद् व्यवस्थापन,न्यायिक सेवा, सुशासनलगायतका विषयमा जिज्ञासा,सुझाव र गुनासा राखेका थिए । उठाइएका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी,प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक,वडा अध्यक्षहरु तथा सम्बन्धित शाखा प्रमुखहरुले गराएका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले निर्वाचनका बेला गरिएका अधिकांश प्रतिबद्धता पालिकाले पूरा गरिसकेको उल्लेख गर्दै समृद्धि,विकास र सेवा प्रवाहमा निरन्तर क्रियाशील रहेको बताए । उनले भने, “काम गर्दा ढिलोचाँडो त हुन्छ, तर हामी राप्तीवासीको सेवामा निरन्तर लागिरहेका छौँ। रचनात्मक सुझाव,सल्लाह र खबरदारी पनि निरन्तर रहोस् भन्ने हाम्रो अपेक्षा छ।”
यस्तै अध्यक्ष विष्टले शिक्षा,स्वास्थ्य,कृषि र उद्यमशीलता जस्ता क्षेत्रका आधारभूत आवश्यकता पूरा गर्न पालिका प्रतिबद्ध रहेको बताउँदै,दिगो विकासका लागि जनसहभागिता अपरिहार्य रहेकोमा जोड दिए । त्यस्तै,गाउँपालिकाको समृद्धिका लागि प्रदेश तथा संघ सरकारसँग निरन्तर पहल र समन्वय भइरहेको पनि उनले बताए । कार्यक्रमको सहजीकरण पत्रकार अर्जुन अधिकारीले गरेका थिए । पालिकाले पारदर्शिता र जवाफदेहिताको औजारको रुपमा सार्वजनिक सुनुवाइ कार्यक्रम प्रत्येक त्रैमासिकमा सञ्चालन गर्दै आएको छ ।
