
Pbu
Gsl
tssbus
Sssbus1
Ssbus
nsm
ssbus
Ssbus
Sssbus1
Ssbus

Ggd
Ssm
Bbbpu
Rgs
Vor
Sls
Ksm
Tsm
Rsb
Pvg
Wsp
Sbs
Bbu
Rgu
nsb
Rgu
Hal
Asm
Gst

Bml
Gsb
Mks
Rpp
sab
Syp
Rmb
Jmb
Jmb
Abd
Ptm
Pls
bbt
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
सुनुवाइ कार्यक्रम वडा नम्बर २ स्थित करम्दी सामुदायिक वन उपभोक्ता समिति भवनको प्राङ्गण,एकतानगरमा भएको हो । गाउँपालिकाले आफ्ना मातहतका कार्यालयहरूबाट प्रदान गरिएका सेवा, योजना र कार्यबारे जानकारी गराउँदै, सेवाग्राहीसँग अन्तरक्रिया गर्न तथा सेवा प्रदायकलाई जवाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइको आयोजना गरिएको पालिकाले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूले शिक्षा,स्वास्थ्य,कृषि, सडक,सिँचाइ,विद्युत्,विपद् व्यवस्थापन,न्यायिक सेवा, सुशासनलगायतका विषयमा जिज्ञासा,सुझाव र गुनासा राखेका थिए । उठाइएका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी,प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक,वडा अध्यक्षहरु तथा सम्बन्धित शाखा प्रमुखहरुले गराएका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले निर्वाचनका बेला गरिएका अधिकांश प्रतिबद्धता पालिकाले पूरा गरिसकेको उल्लेख गर्दै समृद्धि,विकास र सेवा प्रवाहमा निरन्तर क्रियाशील रहेको बताए । उनले भने, “काम गर्दा ढिलोचाँडो त हुन्छ, तर हामी राप्तीवासीको सेवामा निरन्तर लागिरहेका छौँ। रचनात्मक सुझाव,सल्लाह र खबरदारी पनि निरन्तर रहोस् भन्ने हाम्रो अपेक्षा छ।”
यस्तै अध्यक्ष विष्टले शिक्षा,स्वास्थ्य,कृषि र उद्यमशीलता जस्ता क्षेत्रका आधारभूत आवश्यकता पूरा गर्न पालिका प्रतिबद्ध रहेको बताउँदै,दिगो विकासका लागि जनसहभागिता अपरिहार्य रहेकोमा जोड दिए । त्यस्तै,गाउँपालिकाको समृद्धिका लागि प्रदेश तथा संघ सरकारसँग निरन्तर पहल र समन्वय भइरहेको पनि उनले बताए । कार्यक्रमको सहजीकरण पत्रकार अर्जुन अधिकारीले गरेका थिए । पालिकाले पारदर्शिता र जवाफदेहिताको औजारको रुपमा सार्वजनिक सुनुवाइ कार्यक्रम प्रत्येक त्रैमासिकमा सञ्चालन गर्दै आएको छ ।
