
Ggp
sbs
Djs
Unsku
Lnp
Gfs
Pbu
pku
Srbpu
Rgp
Sgr
cjs
Rgp1
Pes

Asm
Bbbpu
Hal
Vor
Rgu
Ggd
Sls
Rgu
Bbu
nsb
Ksm
Gst
Ssm
Pvg
Rgs
Rsb
Sbs
Wsp
Tsm

Rpp
Pls
Bml
Syp
Rmb
Gsb
Mks
Jmb
Jmb
Ptm
bbt
Abd
sab
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरुले उठेर विरोध गरेका थिए ।
त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद विन्दवासिनी कंसकारलाई बोल्न दिएका थिए। उनले भिजिट भिसा प्रकरणमा आफूहरुको माग अनुरुप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताइन् ।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्ने समय दिए । उनले पनि भिजिट भिसा प्रकरणमा आफूहरुले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरुको विरोध जारी रहने बताए । दुवै दलका सांसदहरु बोलेपछि दुवै पार्टीका सांसदहरु सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।
