
Ssb
Ksb
Ksb
Rks
Csb
Bsn
Ksb
Nsb
Ppu
Usb
Gsb
Rsb
Tgp
Ssb

Gsb
Usb
Tsb
Hl1
Ssb

Nps
Rgu
ptl
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरुले उठेर विरोध गरेका थिए ।
त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद विन्दवासिनी कंसकारलाई बोल्न दिएका थिए। उनले भिजिट भिसा प्रकरणमा आफूहरुको माग अनुरुप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताइन् ।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्ने समय दिए । उनले पनि भिजिट भिसा प्रकरणमा आफूहरुले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरुको विरोध जारी रहने बताए । दुवै दलका सांसदहरु बोलेपछि दुवै पार्टीका सांसदहरु सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।
