
Ggp
Ggp
Ksbus
Ksbus
Rgp
Lnp
Msbus
Asbus
Sdc


नेपालगञ्ज । स्थानीय प्रशासनको पहलपछि सीमापारी रुपैडिहामा पुगेर रोकिएका ९ वटा ग्यासका बुलेट बिहीबार दिउँसो नेपाल भित्रिएका छन् ।भारतको गोन्डा डिपोबाट ग्याँस भरेर बुधवार अपरान्हनै सीमापारी रुपैडिहा पुगेका ती बुलेटहरु उतै रोकिएका थिए ।
बाँकेमा रहेको मनकामना ग्याँस र भेरी ग्याँस उद्योगका लागि आएका ती बुलेटलाई भारतीय भन्सारमा कागजपत्र दिएर भित्र्याउनका लागि विहिबार विहान ग्याँस उद्योगका कर्मचारी सीमापारी जान खोज्दा एसएसबीले जान नदिएपछि बुलेट भित्रिन सकेका थिएनन् ।तर, नेपाल आयल निगमको आग्रहमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले पहल गरेर भारतीय सुरक्षा अधिकारीहरुसंग कुरा गरेपछि उद्योगका कर्मचारीलाई सीमापारी जान दिईएको मनकामना ग्याँस उद्योगका कर्मचारी मधु भण्डारीले बताए ।
