
Gsl
Sssbus1
Pbu
Ssbus
ssbus
Ssbus
Ssbus
tssbus
Sssbus1
nsm

Ksm
Sls
Pvg
Vor
Wsp
Rgu
Rsb
Ggd
Rgu
Rgs
Hal
Bbu
Tsm
nsb
Ssm
Asm
Gst
Sbs
Bbbpu

Jmb
Bml
Mks
sab
Pls
bbt
Gsb
Abd
Rmb
Jmb
Rpp
Ptm
Syp
दाङ । तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसको ३४ औँ स्थापना दिवस तथा १९ औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
पूर्व सिँचाइ मन्त्री तथा प्रतिनिधि सभाका सांसद दीपक गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले क्याम्पसमा रहेको जग्गा अहिलेसम्म पनि क्याम्पसको नाम गराउन नसक्नु दुखद पक्ष रहेको बताए । उनले मध्यपश्चिमको क्यूएए प्राप्त क्याम्पसले आफ्नो नाममा जग्गा ल्याउन नसक्नु लज्जास्पद रहेकाले यसका लागि अब सबै जना लाग्नु पर्ने बताए ।
त्यस्तै उनले शैक्षिक क्षेत्रमा राजनीति नगर्न आग्रह गर्दै आस्थाका आधारमा राजनीति गर्दा शैक्षिक क्षेत्रको गुणस्तर घट्ने भएकाले यस क्षेत्रमा राजनीति निषेध गर्नुपर्ने बताए । पश्चिम दाङको शैक्षिक धरोहरका रूपमा रहेको राप्ती बबई क्याम्पसको विकासमा आफ्नो सहित धेरै व्यक्तित्वहरूको योगदान रहेको उल्लेख गर्दै उनले क्याम्पसलाई गुणस्तर सुनिश्चितताको पुनः प्रमाणीकरण (क्यूएए ) प्राप्त गराउनु ठूलो उपलब्धि भएको बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले राप्ती बबई क्याम्पसले उत्पादन गरेका विद्यार्थीहरू रोजगार खोज्दै जाने नभएर रोजगारी दिने विद्यार्थी उत्पादन गर्नु पर्ने बताए । उनले क्याम्पसले उद्यमशील जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा भन्दै क्याम्पसको गुणस्तर वृद्धिका लागि राजनीतिक पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
यस्तै काङ्ग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले क्याम्पसको संरक्षण र प्रवर्द्धनका लागि आफू सधैँ तयार रहेको बताए । उनले समयअनुसार नयाँ विषयका कक्षाहरू सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको भन्दै क्याम्पसको भौतिक संरचनाको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए ।
त्यसैगरी कार्यक्रममा संविधान सभाका सदस्य बुद्धिराम भण्डारी,विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव शङ्कर प्रसाद भण्डारी,क्याम्पसका पूर्व अध्यक्ष मान बहादुर डाँगी,नेकपा एमाले दाङका सचिव श्याम डाँगी लगायतले सम्बोधन गरेका थिए ।
