
Csbg-7
Usbl-7
jsbr-3
ksbl-7
Gsbr-6
Jsbg-7
Msbg-2
Rksr-7
Pbu
Gsbg-3


काठमाडौँ । स्रोत नखुलेको ८ लाख ५० हजारसहित एक जना भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर –७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाईं रहेका छन् ।
त्यस्तै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेमा स्रोत नखुलेको नेपाली रुपैयाँ मानिसहरूले लिने दिने काम गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले चौलागाईंलाई पक्राउ गरेको हो ।
सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार उनको साथबाट १ हजार दरको ८ लाख रुपैयाँ र ५ सय दरको ५० लाख रुपैयाँ बरामद गरिएको छ । त्यस्तै, विभिन्न बैंकका एटीएम र चेक,मोटरसाइकल,पत्रकारको परिचयपत्र लगायत बरामद गरिएको पनि नेउपानेले बताए ।
यस्तै चौलागाईंलाई मुलुकी अपराधसंहिता २०७४ को दफा १२५ क हुन्डीसम्बन्धी कारोबार गर्न नहुने सम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
