
Ggp
Pes
Pbu
Unsku
Djs
Rgp1
Gfs
cjs
Lnp
Sgr
sbs
pku
Rgp
Srbpu

Sbs
nsb
Ggd
Rgu
Asm
Hal
Wsp
Bbu
Rsb
Bbbpu
Ssm
Gst
Rgs
Tsm
Rgu
Ksm
Sls
Pvg
Vor

Pls
Abd
sab
Syp
Jmb
Gsb
Jmb
Rpp
Mks
Rmb
Ptm
bbt
Bml
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरग वडा नम्बर ७ भैसाही, वडा नम्बर ६ खाङ्ग्रा, वडा नम्बर १ पटौली मा तीन दिने एकृकित नि:शुल्क स्वास्थ्य शिविर आइतबार सम्पन्न भएको छ ।
राजपुर गाउँपालिकाको आयोजनामा सम्पन्न भएको एकृकित नि:शुलक स्वास्थ्य शिविरमा विशेष महिलाको पाठेघर, आङ खस्ने, भिआइए, फिस्टुला जनरल चेक जाँच लगायतको ४ वटा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम मार्फत ३ वडाको २२ गाउँका महिला-पुरुष गरि ८०० सय बढीले सेवा लिएका थिए ।
शिविरमा प्रादेशिक राप्ती उपस्वास्थ्य घोराही तुलसीपुरका बिशेषज्ञ सेवा सहित दक्ष डाक्टरहरु डा. सिर्जना न्यौपाने, रमा पराजुली, आयुर्वेदिक डा. शारदा गौतम, राजपुर गाउपालिकाका डा. गोपाल खनाल लगायत १२ जनाको उपस्थितिमा शिविर संचालन रहेकोे राजपुर स्वास्थ्य शाखाका प्रमुख कमल रोकायले जानकारी दिनु भयो ।
उक्त एकृकित नि:शुल्क स्वास्थ्य शिविरमा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसि, उपाध्यक्ष धनपतीदेवि यादब, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाल, वडा नम्बर ७ का वडा अध्यक्ष भिम बहादुर खडका, वडा नम्बर ६ का वडा अध्यक्ष तथा गाउँपालिका प्रबक्ता श्याम रोका, लेखा अधिकृत भरतमणी पोख्रेल, प्रशासन शाखाका साहयक प्रमुख पृथ्वी नारायण पौडेल, वडा नम्बर १ का वडा सदस्य केशमाला सुनार, समाजसेवी तथा नेपाली काङ्ग्रेसका युवा नेता लालबिर खड्का लगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य कर्मी लगायत २८ जनाको सहभागी रहेकोे थियो ।
शिविरलाई समापन गर्दै गाउँपालिका अध्यक्ष केसीले दाङ जिल्लाको एक मात्र भौगोलिक विकटता र भारत संग सिमा जोडिएको राजपुर गाउँपालिकाको ३ वटा वडाको २२ गाउँ-बस्तीहरुमा बसोबास गर्ने आम जनसमुदाय संग प्रत्येक्ष भेटघाटको लागि आफू लगायत आफ्ना सहकर्मी साथीहरुको साथमा एकृकित नि:शुल्क स्वास्थ्य शिविरलाई उद्घाटन गर्दै सो नाकाको बस्तीहरुमा पुगेको बताउनु भएको छ ।
त्यस्तै उहाँले नाका क्षेत्रमा हरेक सेवा सुविधाबाट बन्चित रहनु भएका नागरिकलाई थोरै भएपनि गाउँपालिकाद्वारा सक्दो बजेटको व्यवस्था गरि शिविरको आयोजना गरिएको बताउनु भयो । बिगतमा गाउँपालिकाले लमही आँखा अस्पताल संग समन्वय गरेर नाका क्षेत्रमा नि:शुल्क मोतियाविन्दु शल्यक्रिया, पशु स्वास्थ्य शिविर लगायत अन्य शिविरहरु संचालन गरेर नाका बासीलाई सेवा प्रदान गरिसकेको र आगामी दिनमा अझै यस्तै खालको अन्य स्वास्थ्य शिविरहरु संचालन गर्नको लागि आफू लगायत आफ्नो गाउँपालिकाको टिम निरन्तर लागिरहने बताउनु भएको छ ।


