
Sssbus1
Ssbus
Pbu
Ssbus
Sssbus1
ssbus
Ssbus
nsm
tssbus
Gsl

Bbu
Tsm
Gst
Asm
Bbbpu
Ksm
Rgu
Rgs
Wsp
Hal
Pvg
Sls
Vor
Ssm
nsb
Ggd
Rgu
Rsb
Sbs

Bml
Jmb
Jmb
Rmb
Mks
bbt
sab
Gsb
Pls
Abd
Rpp
Ptm
Syp
दाङ । राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि झण्डै ६९ करोड बजेट प्रस्तुत गरेको छ । बजेटलाई आइतबार पालिकाकी उपाध्यक्ष कमलापति चौधरीले प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाको दोस्रो गाउँसभाको पाँचौँ अधिवेशनबाट गत बर्ष भन्दा यो वर्ष २ करोड ८३ लाखले बजेट बढेर आएको हो । गत बर्ष ६५ करोड ७६ लाखको बिनियोजन गरिएको थियो । आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि कुल ६८ करोड ५९ लाख ७४ हजार बराबरको बजेट पालिकाले ल्याएको हो ।
समृद्ध राप्ती, सुखी र खुसी राप्तीबासी भन्ने मुल नाराका साथ आगामी आर्थिक बर्षको बजेट बिनियोजन गरिएको छ । आगामी आर्थिक बर्षको बजेटमा पनि शिक्षा,स्वास्थ्य,कृषि,श्रम र उद्यमशिलतालाई जोड दिंदै बजेट बिनियोजन गरिएको छ । जसमा चालु आर्थिक बर्षको कुल बजेट ६५ करोड ७६ लाख थियो भने अगामी आर्थिक बर्षको बजेट झण्डै ४ प्रतिशतले बढेर ६८ करोड ५९ लाख ७४ हजार बराबरको नयाँ बजेट आएको छ । जस अन्तरगत आगमी आर्थिक बर्षको चालु तर्फ ३० करोड ६७ लाख २४ हजार र पुँजीगत ३७ करोड ५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । जसमा मध्ये अहिले चालु तर्फ ९० लाख ७६ हजारले घटेको छ भने पुँजीगत तर्फ ३ करोड ७९ लाख ५० हजारले बजेट बढेर आएको छ । जसमा चालु तर्फ संघीय सरकारबाट २० करोड २५ लाख २४ हजार, प्रदेश सरकारबाट १२ लाख र पालिकाको १० करोड ३० लाख बिनियोजन गरिएको छ ।
त्यस्तै पुँजीगत तर्फ संघीय सरकारको ४ करोड २ लाख, प्रदेश सरकारको ३ करोड र पालिको ३० करोड ३ लाख ५० हजार बिनियोजन गरिएको छ । त्यस्तै आगामी आर्थिक बर्षका लागि शिक्षा, युवा तथा खेलकुद तर्फ संघीय ससर्त अनुदान १६ करोड ४७ लाख ३९ हजार, संघीय सरकारको बिशेष अनुदान १ करोड ५० लाख, गाउँपालिका तर्फ ६ करोड ४७ लाख गरी कुल २४ करोड ४४ लाख २९ हजार रहेको छ । यस्तै स्वास्थ्य तर्फ संघीय ससर्त अनुदान २ करोड ४० लाख २५ हजार, गाउँपालिका तर्फ ३ करोड ८५ लाख गरी कुल ६ करोड २५ लाख २५ हजार बजेट बिनियोजन गरिएको छ ।
यस्तै कृषि तर्फ संघीय ससर्त अनुदान ६६ लाख १ हजार, प्रदेश ससर्त अनुदान १ करोड ३५ लाख, गाउँपालिकाको ४ लाख ५ हजार गरी कुल २ करोड ५ लाख ६ हजार बजेट बिनियोजन गरिएको छ । पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रम तर्फ संघीय सरकार ससर्त अनुदान १७ लाख ९७ हजार, प्रदेश सरकारको ससर्त अनुदान १० लाख र गाउँपालिकाबाट ५८ लाख ५० हजार गरी कुल ८६ लाख २० हजार बजेट बिनियोजन गरिएको छ ।
त्यस्तै श्रम,रोजगार तथा उद्यमशीलता तर्फ ५० लाख, संघ,प्रदेश र गाउँपालिकाबाट गरी ११ करोड, ४४ लाख ३ हजार, वन वातावरण तथा विपद तर्फ ४४ लाख,खानेपानी,सरसफाई तथा फोहोरमैला व्यवस्थापन तर्फ ७० लाख, कला संस्कृति तथा पर्यटन तर्फ २८ लाख, महिला बालबालिका तथा जेष्ठ नागरिक तर्फ ५२ लाख ५० हजार, संस्थागत, सुशासन, संस्थागत व्यवस्थापन तथा सेवा प्रवाह तर्फ १ करोड ३३ लाख बजेट बिनियोजन गरिएको पालिकाका प्रबक्ता पहलवान चौधरीले जानकारी दिएका छन् ।यस्तै गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि बडागत बजेट समेत बिनियोजन गरेको छ । जस अनुसार वडा नम्बर १ मा ६५ लाख ११ हजार, वडा नम्बर २ मा ९५, वडा नम्बर ३ मा ६६ लाख ९६ हजार, वडा नम्बर ४ मा ६४ लाख ५१ ह्जार र वडा नम्बर ५ मा ६५ लाख ६८ हजार बजेट बिनियोजन गरिएको पालिकाका प्रबक्ता चौधरीले जानकारी दिए ।
यस्तै वडा नम्बर ६ मा ६४ लाख ३१ हजार, वडा नम्बर ७ मा ६३ लाख २४ हजार, वडा नम्बर ८ मा ६३ लाख ५६ हजार र वडा नम्बर ९ मा ६५ लाख १३ हजार बजेट बिनियोजन गरिएको पालिकाका प्रबक्ता चौधरीले जानकारी दिए । यता चालु आर्थिक बर्षको पुँजीगत खर्च १२ करोड ९४ लाख ९२ हजार र चालु खर्च तर्फ असार पहिलो हप्ता सम्मको कुल खर्च ३८ करोड ४१ लाख ८ हजार भएको छ ।
त्यस्तै आगामी आर्थिक बर्षको बजेट बढ्नुमा आन्तिरिक राजश्व बृद्धिदर बढाएको, घरजग्गा जाँचपास, नदीजन्य पदार्थ बिक्रीबितरण र सम्पति कर संकलन बढ्ने भएकोले अगामी आर्थिक बर्षको बजेट झण्डै ४ प्रतिशतले बढेको पालिकाका सुचना अधिकारी विश्वास विकले जानकारी दिए ।
