माधव खनाल मंगलबार, पौष ०७, २०७७

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण बहादुर खड्काले आफ्नो पार्टीको विबादलाइ लिएर संसद विघटन गर्नु भनेको लोकतन्त्र माथिको कुठाराघात भएको आरोप लगाउनु भएको छ ।

मंगलबार राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका वडा नम्बर २ र ३ ले आयोजना गरेको राष्ट्रियता धर्म निरपेक्षता को रक्षा गरौं,संघीयता र भ्रष्टाचारको बिरोध गरौं भन्ने मुल नाराकासाथ मल्लरानिको चुजाठाटिमा भएको बिरोध शभालाइ सम्बोधन गर्दै नेता खड्काले सो कुरा बताउनुभएको हो ।

यस्तै बिरोध शभालाइ सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश समिति अध्यक्ष बोमबहादुर खत्रीले केपि वलि नेतृत्वको वर्तमान सरकारले जनताको अभिमतलाइ लत्याउदै समयावधि भन्दा अगाबै संसद बिगठन गरेको आरो लगाउनु भयो । बिरोध शभालाइ सम्बोधन गर्दै अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सदस्य तथा मल्लरानी गाउँपालिकाका प्रमुख अम्मरध्वज रानाले के पि वलिको निरङ्कुसता कारण नेपाल र नेपालिको भविस्य माथी खेलवाड भएको आरोप लगाउनु भयो । बिरोध शभालाइ राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश समिती सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख केसबराज आचार्य अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणी पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम राष्ट्रिय जनमोर्चाका मल्लरानी गाउँपालिका अध्यक्ष सुर्य बहादुर नेपालिको अध्यक्षता राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष गिरिराज पौडेलको स्वागत र राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका सचिव जिवलाल खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]