
ssbus
nsm
Ssbus
Gsl
tssbus
Sssbus1
Pbu
Ssbus
Sssbus1
Ssbus

Hal
Ggd
Bbbpu
Tsm
nsb
Wsp
Ssm
Gst
Sls
Vor
Rgu
Bbu
Asm
Rsb
Ksm
Sbs
Rgs
Rgu
Pvg

sab
Bml
Gsb
bbt
Jmb
Pls
Jmb
Mks
Syp
Rmb
Ptm
Rpp
Abd
मकवानपुर । आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।
प्रदेश सरकाले आर्थिक सङ्कुचनका कारण राजस्व सङ्कलन दर न्यून रहेको भन्दै चालु आर्थिक वर्षकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको छ । ठोस रूपमा बजेट कति अङ्कको आउँछ भन्नुभन्दा पनि चालु आर्थिक वर्षको अनुपातमा बजेट ल्याउने काम भइरहेको उनले जानकारी दिए ।
त्यस्तै प्रदेश सरकारको आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान बापतको रकमसमेत कटौती भएकाले बजेट केही प्रभावित हुने मन्त्री थपलियाको भनाइ छ । कर, दस्तुर र सङ्घीय सरकारले दिने अनुदानसमेत कटौती भएकाले पनि चालु आर्थिक वर्षको हाराहारीमै बजेट ल्याउने उनले बताए । आगामी आर्थिक वर्षमा आकार घटे पनि व्यवस्थित र व्यावहारिक ढङ्गबाट बजेट ल्याउने मन्त्री थपलियाको दाबी छ । उनका अनुसार प्रदेश सरकारले परम्परागत शैलीलाई तोडेर नागरिकमैत्री बजेट निर्माण गरिरहेको र सोही अनुसार मन्त्रालयले आम नागरिकको आवश्यकतालाई पूर्ति गर्न सुझाव सङ्कलनको काम गरिरहेको मन्त्री थपलियाले बताए । ठुला र बृहत् प्रकृतिका योजनासँगै जनताका जीवनस्तरसँग जोड्ने कार्यक्रम आगामी वर्षको बजेटमा समावेश हुने उनको भनाइ छ । उत्पादन र उत्पादकत्व वृद्धि, आर्थिक उपार्जन, उद्यमशीलता विकास, रोजगारी र सिपजस्ता क्षेत्र सरकारको प्राथमिकतामा रहेको उनले बताए ।
यसैगरी शिक्षा स्वास्थ्य क्षेत्रको गुणस्तर कायम गर्न र आधारभूत आवश्यकता पूर्ति तथा सुशासनका क्षेत्रमा सरकारले लगानी गर्ने मन्त्री थपलियाले जानकारी दिए । रोजगारी सिर्जना सरकारको विशेष प्राथमिकताको क्षेत्र रहेकाले कृषि, पर्यटन, उद्योग लगायतको क्षेत्रमा लगानी बढाउने उनले बताए ।
शिक्षा क्षेत्रको विकासका लागि प्रदेशमा विश्व विद्यालय स्थापनाको संस्थागत संरचना निर्माण गर्न बजेट विनियोजन गरिने जानकारीसमेत उनले दिए । सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि सरकारले आवासीय मोडलमा विद्यालयहरूलाई अघि बढाउने र प्राविधिक शिक्षा सुरु गर्न विद्यालय छनौट गरी बजेट विनियोजन गरिने उनको भनाइ छ । उनका अनुसार स्वास्थ्य क्षेत्रतर्फ प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुविधा सम्पन्न संरचना निर्माणमा सरकारले बजेट विनियोजन गर्ने तयारी छ । प्रतिष्ठान अन्तर्गत रहेर एबीबीएस अध्यापनका लाग आवश्यक वातावरण तयारी तथा चिकित्सा शिक्षातर्फको अनुसन्धानमा सरकारले काम गर्ने रणनीति निर्माण गरेको उनको भनाइ छ ।
त्यस्तै यस अतिरिक्त प्रदेश सरकारले प्रादेशिक अस्पतालको स्तरोन्नति र औजार उपकरण खरिद गर्ने,सेवा प्रवाहको गुणस्तर वृद्धि गर्ने लगायतका काममा बजेट दिने तयारी गरेको मन्त्री थपलियाले बताए । मन्त्री थपलियाका अनुसार प्रादेशिक अस्पतालबाट विशेषज्ञ डाक्टरसहितको सेवा प्रवाह गर्ने गरी विकास गर्ने सरकारको तयारी छ । प्रदेशका अन्य ५ वटा अस्पताललाई बजेट दिएर प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने तयारी रहेको उनले बताए । विपन्न नागरिकलाई स्वास्थ्यको सहज पहुँचका लागि सरकारले कार्यक्रम निर्धारण गरी बजेट तयार पारेको जानकारी पनि उनले दिए ।
यस्तै‘कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धिका लागि सामूहिक रूपमा कार्यक्रम सञ्चालन गर्ने, समुदायमा आधारित कृषि अनुदान, औजार उपकारण तथा प्रविधिको प्रयोगमा कृषकलाई सघाउने कार्यक्रम संचालन गरिने छ,’ उनले भने, ‘प्रदेशका ६६ वटै निर्वाचन क्षेत्रमा एक÷एक वटा प्राङ्गारिक मल कारखाना निर्माण गर्ने, दुध उत्पादन वृद्धिका लागि वितरण गरिँदै आएको अनुदानलाई निरन्तरता दिने, व्यावसायिक कृषि उत्पादनलाई प्रोत्साहन गर्ने, कृषि उत्पादनको भण्डारण तथा बजारीकरणका लागि नयाँ मोडल तयार पार्ने लगायतको कार्यक्रम रहेको छ ।’ पर्यटकीय गन्तव्यहरूको विकासका लागि संरचना निर्माण तथा प्रवर्द्धन गर्नुका साथै प्रदेशका लोपोन्मुख जातजाति भाषा, संस्कृति संरक्षण तथा सम्वर्द्धनका लागि सरकारले उचित बजेट विनियोज गर्ने मन्त्री थपलियाले बताए ।
त्यस्तै ‘पूर्वाधार विकासतर्फ प्रदेश राजधानी पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने, हेटौंडा–काठमाडौं जोड्ने सडक पूर्वाधारलाई पूर्णता दिने, प्रदेश गुरुयोजनामा समावेश भएका सडक आयोजनालाई तीव्र गतिमा अघि बढाउने सरकारको तयारी रहेको मन्त्री थपलियाले बताए ।
