
Ssbus
Sssbus1
tssbus
Sssbus1
Pbu
Bs1
Gsl
Ssbus
nsm
ssbus
Ssbus

Wsp
Rgu
Ggd
Rsb
nsb
Pvg
Rgu
Asm
Sbs
Rgs
Vor
Ssm
Gst
Sls
Bbu
Tsm
Bbbpu
Hal
Ksm

Syp
Pls
Jmb
Abd
Rpp
sab
Ptm
Bml
bbt
Mks
Gsb
Rmb
Jmb
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहीँ आउँदो शनिवार मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन भारत जाने भएका छन् ।
भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीको तेस्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारतको नयाँ दिल्ली जान लागेका हुन् ।
उनलाई शपथ ग्रहणमा सहभागी हुन आधिकारिक निम्ता आएसँगै शनिबार दिल्ली जाने कार्यक्रम तय भएको जनाइएको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा हासिल गरेको सफलतामा बधाई दिन बुधबार गरेको फोन संवादमा पनि मोदीले शपथग्रहण कार्यक्रममा आउनका लागि निमन्त्रणा दिएका थिए ।
यस्तै भारतीय पक्षबाट औपचारिक निमन्त्रणा पाइसकेपछि प्रधानमन्त्री प्रचण्ड भ्रमणका लागि उनको सचिवालय तथा नेपालस्थित भारतीय दूतावास जुटिसकेको छ । यद्यपि प्रधानमन्त्री प्रचण्डको सचिवालयले भारतबाट पत्र आएको बारे खुलाउन चाहेको छैन ।
त्यस्तै मोदीको शपथमा सहभागी हुन भारतले बङ्गलादेश, श्रीलङ्का, मोरिसस र भुटानका सरकार प्रमुखलाई समेत निमन्त्रणा पठाइएको छ । मोदीले जुन ८ तारिखको साँझ शपथ लिने तयारी चलिरहेको छ । यसै बिचमा शपथको समय हेरफेर हुने चर्चा पनि भारतीय सञ्चारमाध्यममा चलिरहेको छ ।
