
Ssbus
Sssbus1
ssbus
nsm
Pbu
tssbus
Ssbus
Gsl
Sssbus1
Ssbus
Bs1

Sls
Sbs
Wsp
Rgs
Rgu
Gst
Rgu
Bbbpu
Rsb
Vor
Pvg
nsb
Ggd
Ksm
Bbu
Tsm
Ssm
Hal
Asm

Abd
Bml
Ptm
Rpp
Syp
Pls
Gsb
Jmb
sab
Mks
bbt
Rmb
Jmb
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखराका सहकारी पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका छन् । प्रधानमन्त्री प्रचण्ड आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा सूर्यदर्शन सहकारी संस्थाका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् ।
त्यस्तै उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।
प्रधानमन्त्री प्रचण्ड गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम लगायतमा सहभागी हुन मंगलबार पोखरा पुगेका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी भएर पार्टी प्रशिक्षण कार्यक्रममा जाँदै गर्दा सहकारी पीडितले कालो झण्डा र ब्यानर देखाएका थिए ।
सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले प्रहरीले लात्ती प्रहार गरेर ७८ वर्षीय भीमप्रसाद चपाईँ र ३० वर्षीया अनुराधा श्रेष्ठलाई घाइते बनाएको बताए । सहकारीका पीडितले न्याय माग्दा धरपकड भएको भन्दै उनले राज्य कसको पक्षमा छ भन्ने पुष्टि भएको बताए ।
‘म काठमाडौं छु, प्रधानमन्त्रीलाई न्यायका लागि सभागृह पुगेर ध्यानाकर्षण गराउने कार्यक्रम थियो,’ श्रेष्ठले भने, ‘तर, न्याय माग्न पुगेका पीडितलाई प्रहरीले दमन गरेको छ ।’ ‘हामीबाट राज्यलाई डर हो कि राज्य अभियुक्तको पक्षमा प्रस्तुत भएको हो ?’ उनले भने, ‘अब हामी पक्राउ परेका पीडितका पक्षमा जहाँ लगिएको छ, त्यहीँ पुग्नेछौं श्रेष्ठले भनेका छन् ।’
