दाङ । राष्ट्रिय जनमोर्चा दाङले जिल्लाका ३ वटा गाउँपालीकाहरुलाई ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा मंगलबार पुगेको टोलीले सान्तिनगर,दङ्गिसरण र बबई गाउँपालीकालाई सो ज्ञापनपत्र बुझाएको हो । सान्तिनगर अध्यक्ष प्रमोद बस्नेत, दङ्गिसरणका अध्यक्ष सम्भु गीरी र बबई अध्यक्ष कुलबहादुर खत्री केसीलाई कार्य कक्षमा पुगेर उक्त ज्ञापनपत्र बुझाइएको राजमो दाङले जनाएको छ ।
ज्ञापनपत्रमा निम्ना कुरा उल्लेख गरिएको छ:
राष्ट्रिय जनमोर्चाले लगातार रुपमा देस र जनताको पङ्तिमा रहेर सरकारलाइ खबरदारी र नागरिकलाइ सचेत बनाउदै आइरहेको छ । नेपाली समाजमा ब्याप्त रहेको निम्न पुजीवादी चिन्तनका कारण आज पनि जनताहरुले बिचारका आधारमा आफ्नो मत प्रकट गर्ने अवस्था आइरहेको छैन । आज पनि स्वार्थ,लहड र शक्तिका आधारमा आफ्नो मत तय गर्ने अबस्था बिधयमान रहेको छ ।
नेपालको राजनीतिक परिबर्तनको आन्दोलनमा अहिले बिभिन्न सरकारको नेतृत्व गर्ने मौजुदा दलहरुको महत्त्वपूर्ण भुमिका रहेको छ । तर राजनीतिक परिबर्तनले केबल ब्यबस्था मात्र परिबर्तन गर्यो , पात्र र सासक मात्र परिबर्तन गर्यो । जनताको अबस्थामा आधारभुतरुपमा परिबर्तन गर्न सकेन । जनतामा ब्यापक निराशा छ । त्यो निराशा हाम्रो देशको कारणले भन्दा हाम्रो देशलाइ असफल बनाइ वैदेशिक शक्तिहरुको स्वार्थ पुरा गर्नको लागि बाहिय शक्तिहरुको इसारामा चल्ने दल , पात्र र प्रवृत्तिहरुका कारण ज्यादा छ । यो देशमा केहि हुदैन भन्ने भाबना ब्यापक रुपमा वृद्धि भैरहेको छ । यो हाम्रो प्राकृतिक भन्दा प्रायोजित सोच हो ।
त्यो प्रायोजित सोचलाइ पराजित गरी यो देशमा सबै कुरा सम्भब छ भन्ने भाबनाको बिकास गर्न जरुरी छ । बाहिय शक्तिहरुका चलखेलका कारण जनताको बलिदानिपुर्ण आन्दोलन बाट प्राप्त उपलब्धिहरु समाप्त हुने खतरा बढ्दै गइरहेको छ । प्रतिगामी शक्तिहरुलाइ अनुकुल बाताबरण हुन पुगेको छ । हाम्रो पार्टीले अहिलेका उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धिको लागि संघर्ष गर्दै आइरहेको छ । बर्तमान अबस्थामा गणतन्त्र , धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा तथा संघीयताले सृजना गरेको प्रदेश संरचनाको खारेजिको लागि जोड दिन जरुरी छ । हाम्रो देशमा भएका श्रोत साधन र जनशक्तिको सहि परिचालन र न्यायोचित बितरण मार्फत देशलाइ बिकाशको गतिमा अगाडी बढाउनु पर्दछ ।
स्थानीय सरकारहरुले आफ्नो अधिकारलाइ प्रयोग गरी आफ्नो कानुन आफै निर्माण गरी नमुना काम गरेर देखाउन सक्ने अबस्था पनि बिद्ययमान रहेको छ । त्यो कुरालाइ मध्यम नजर गरी नागरिकको न्याय र बिकाशमा स्थानीय सरकार र सरकार प्रमुखहरु गम्भीर बन्न जरुरी छ । सबैले निराशा मात्र प्रकट गर्दा जिम्मेवार ठाउँमा भएकाले पनि आफ्नो दायित्व भुलेको अबस्था छ । नेपाली नागरिकहरुलाइ यो देशमा सबै कुरा सम्भब छ र हामिले पनि देशलाइ राम्रो बनाउन सक्छौ भन्ने कुराको अनुभुती गराउनको लागि निम्नकुराहरु गर्न र गराउनको लागि ध्यानाकर्षण गर्दै यो ज्ञापनपत्र पेस गर्न चाहान्छौ !
१ भ्रष्टाचार र अनियमिततालाइ पुर्ण रुपमा बन्द गरियोश !
२ नागरिक मैत्री प्रसासन सयन्त्र निर्माण गरियोस !
३ शिक्षा , स्वास्थ्य र रोजगार जस्ता नागरिकका आधारभुत आबस्यक्ता परिपुर्ती गरियोश !
४ प्राकृतिक श्रोत साधनको अनियन्त्रित दोहन रोकी त्यसमा स्थानीय नागरिकको ब्यबस्थापन र अधिकारको सुनिस्चित गरी आर्थिक बिकाशमा टेबा पुराइयोश !
५ किसानहरुलाइ सिंचाइ सहित समयमै मल तथा बिउको ब्यबस्था गरियोश !
६ भुमिहिन तथा सुकुम्बासीहरुको समस्या समाधान गरियोश !
७ जिल्लामा हबाइ मैदान निर्माण गरी नियमित हबाइ उडानको ब्यबस्था गरियोस !
८ हाइ ड्यामहरुको निर्माण गरी सिंचाइ र खानेपानीका मुहानहरुको सरक्षण गरियोश !
९ लमही तुलसीपुर को बाटोलाइ त्यहा गुडने गाडि र लोडलाइ मध्यनजर गरी चार लेन बलियो बाटो निर्माण गरियोस !
१० सरकारी कार्यालहरुमा बिचौलियाहरु निषेध गरियोस !
११ पहुँच , पावर र सेटिङमा हुने अनुदान हैन सम्पुर्ण किसानलाइ मल , बिउ तथा कृषि सामाग्रीहरुमा साहूलियत प्रदान गरियोस ।
१२ अनुत्पादक र अनुपयोगी लगानीलाइ निरुत्साहित गरी उत्पादक र उपयोगी लगानीमा ध्यान दिइयोस !
१३ बिकासे योजनाहरु कसैलाई चित्त बुझाउने हिसाबले हैन नागरिकले बिकासको अनुभुती गर्ने हिसाबले तय गरियोस् ।
१४ महिला हिंसा तथा जातीय बिभेदका विरुद्ध सचेतना तथा जागरण अभियान संचालन गरियोस् ।
१५ मिटर ब्याजी र छिनुबा पासवालाहरुलाइ सजायको दायरामा ल्याइ कानुनी रुपमा फटाइ गर्नेहरुलाइ हैन बास्तिक पीडितलाइ न्याय दिलाइयोश !
१६ साना तथा मझौला उधोगहरु संचालन गरियोस ।
१७ आफ्नो नागरिकलाइ रोजगार गराउन स्थानीय सरकारले लोक सेबा, शिक्षा सेबा र अन्य प्राबिधिक विषयहरुमा न्युन सुल्कमा तयारी कक्षाहरु संचालन गरियोश !
१८ सबै नागरिकहरुलाइ शुद्ध पिउने पानी सहज रुपमा प्राप्त गर्न सकिने बाताबरण निर्माण गरियोश !
१९ आम नागरिकलाइ स्वास्थ्य बिमा र स्वास्थ्य सेबा सहज रुपमा उपभोग गर्न पाउने बतारण निर्माण गरियोस ।
२० सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गरी सामुदायिक शिक्षामा आकर्षण वृद्धि गरियोस ।
२१ जडिबुटी तथा आर्गेनिक बस्तुको उत्पादन र बजारीकरणमा ध्यान पुराइयोस ।
२१ बन पैदावर तथा काठहरु जंगलमा सडने र उपभोक्ताहरुले महङ्गो मुल्यमा बिदेशी काठ प्रयोग गर्नु पर्ने बाताबरणको अन्त्य गरियोस् । धन्यवाद !