Sidha Patra शुक्रबार, जेठ ११, २०८१

काठमाडौँ । टीओआरमा सहमति खोज्न प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरू कृष्ण सिटौला,गगन थापा,रमेश लेखक,हितराज पाण्डे लगायतका नेताहरुको सहभागी रहेकोे छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनाको छानबिनबारे नयाँ प्रस्ताव अघि सारेपछि प्रमुख दलका शीर्ष नेता छलफलमा जुटेका हुन् । सहकारी प्रकरणको छानबिनका लागि बनाइने भनिएको संसदीय छानबिन समितिको टिओआर कार्यदलमा सहमति नजुटेपछि शीर्ष तहमा सहमति खोज्ने प्रयास भएको हो ।

बैठकमा कांग्रेसको प्रस्तावसहित सत्तापक्षले राख्ने प्रस्तावमा छलफल हुने नेताहरूले बताएका छन् ।
दुवै पक्षका प्रस्तावबाट मध्यविन्दु पहिल्याएर सदनको अवरोध हटाउने उनीहरूको भनाइ छ । समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम तोक्ने या नतोक्ने भन्नेमा सत्ता र प्रतिपक्षबिच विवाद रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]