
Sssbus1
Ssbus
nsm
tssbus
Gsl
Bs1
Ssbus
ssbus
Pbu
Ssbus
Sssbus1

Tsm
Ksm
Ssm
Hal
Vor
nsb
Bbbpu
Rgs
Wsp
Rgu
Rsb
Ggd
Gst
Bbu
Sbs
Sls
Asm
Rgu
Pvg

Gsb
Ptm
bbt
Jmb
Bml
Rpp
Jmb
Syp
sab
Pls
Rmb
Mks
Abd
दाङ । नेपाल कम्युनिस्ट पार्टी राजपुर गाँउ कमिटीको प्रथम बैठक सम्पन्न भएको छ।
आज मंगलबार राजपुर-३, खरदरियामा बसेको पार्टीको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठक सम्पन्न भएको हो।
बैठकले राजपुर गाउँपालिकाभरी समाजवादका पक्षमा भित्तेलेखन गर्ने, पालिकामा राजनीतिक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, सबै तहका कमिटीहरु गठन/पुनर्गठन गर्ने, पालिकामा भइरहेका भ्रष्टाचार, अनियमितता, कालोबजारी, तस्करी, अवैध उत्खनन, चोरी, पैठारी विरुद्ध जनसंघर्स सञ्चालन गर्ने बैठकले निर्णय समेत गरेको नेकपाले जानकारी दिएको छ ।
यस्तै बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. १ का इन्चार्ज बिक्रम सी, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. २ का इन्चार्ज पाटन जंगली सी, नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य एवम जिल्ला सेक्रेटरी तिलक सीले प्रशिक्षणमुलक मन्तव्य व्यक्त गरेका थिए ।
पार्टीको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकमा बोल्दै नेकपाका केन्द्रीय सदस्य सविन सीले भने– ‘ नेपालका कम्युनिस्टहरु एकतावद्ध हुने बेला भएको छ , उनले भने , ‘ नेपालमा जतिपनी तितरबितर भएका कम्युनिस्टहरु छन् ती सबैलाई एकताबद्ध गर्नुपर्दछ । मुद्दा मिल्नेहरुसंग सहकार्य गरेर अगाढी बढ्नुपर्छ भने विचार मिल्नेहरुसंग पार्टी एकता गर्नुपर्दछ । यो हामिले परिस्थितिको बोध गरेर गरेको गरेका हौं । अमेरिकी साम्राज्यवादले नेपालबाट कम्युनिस्ट जनमतलाई सिध्याउन चाहेको छ । यो बेला हामिले कम्युनिस्टहरुको विशाल मोर्चा बनाएर प्रतिरोध गर्नुपर्दछ । अहिले हामिले बैठकबाट माओवादी धाराका बिचमा एकता गर्नुपर्दछ भनेर ढोका खुल्ला गरेर आएका छौँ । अहिलेको सन्दर्भमा नीति र नेतृत्वका हिसाबले विप्लव सर्वस्वीकार्य पात्र हुनुहुन्छ , नीति र नेतृत्व हाम्रो हुनुपर्दछ । हामी माओवादी धाराका बिचमा एकता गर्ने निर्णय गरेर आएका छौँ ।’
०८४ को निर्वाचनलाई अब नेकपाले प्रयोग गर्ने निर्णय गरेको कुरा सत्य हो , नेता सविनले थपे – ‘ हामीले पटकपटक निर्वाचन बहिस्कार गरेका थियौं तर ०८४ को निर्वाचनलाई उपयोग गर्ने भनेका छौँ । यो बिषयलाई आम नेताकार्यकर्ताले गहिरोगरि बोध गर्न जरुरी छ । चुनावलाई हेर्ने नेपालका कम्युनिस्टहरुका परम्परागत धारणा छन् , एउटा प्रयोगको नाममा संसदवादी लाइनमा पुगेर पतन हुने र अर्को बहिस्कारको नाममा कोठे क्रान्तिकारी बन्ने तर जनतामा पुग्न नसक्ने । हामिले चुनावका परम्परागत मान्यतालाई भत्काएर आएका छौँ । चुनावलाई कार्यनीति र रणनीतिको बिषय बनाउनु हुँदैन , चुनावलाई क्रान्तिको समग्र मोर्चाको रुपमा हेर्नुपर्दछ । ०८४ को निर्वाचनलाई हामीले संघर्षको मोर्चा बनाएर समाजवादी अभियानको रुपमा सबै तहमा उपयोग गर्नुपर्दछ ।’
पार्टीका नेताकार्यकर्ता अब निर्धक्क भएर जनतामा जानुपर्दछ , उनले फेरि भने,‘ हामिले जनतामा गएर संसदवादीहरुले देखाएको नाँगो नाँचको भण्डाफोर गर्नुपर्दछ । अमेरिकी साम्राज्यवादले यतिबेला विश्वभरी आतंक मच्चाइरहेको छ । नेपालमा पनि एमसिसिको गुलियो विष सहित नेपाललाई सैन्य अखडा बनाउन आइपुगेको छ र नेपालका दलाल सत्ताधारीले दिनदहाडै यो मुलुकलाई लुटिरहेका छन् । अहिले राजनीतिमा प्रवेश गरेका नयाँ भनिएका रवीहरु पनि उहीँ ड्याङका मुला सावित भएका छन् , सबैभन्दा बढी भ्रष्ट उनिहरु नै छन् । अब हाम्रो कर्तव्य यो कुरा जनतालाई बुझाउनु पर्दछ र अबको विकल्प समाजवाद हो र नेतृत्व महासचिव विप्लवको हुनुपर्छ भनेर जनताको ठूलो हिस्सालाई क्रान्तीमा होम्नुपर्दछ । नेपालको दलाल पुजीवादसंगै जोडिएको संसदवादका विरुद्ध जनतालाई प्रशिक्षित गर्दै जानुपर्दछ र दलाल पुजीवादको चंगुलबाट नेपाली जनतालाई मुक्त गर्नुपर्दछ ।’
नेता सविनले पार्टीका नेताकार्यकर्तालाई उत्पादनमा जोडेर आत्मनिर्भर बनाउने अभियानलाई अझ थप व्यवस्थित गर्न निर्देशन दिए । नेपाल कम्युनिस्ट पार्टी राजपुर गाउँकमिटीका सेक्रेटरी सूर्य सीको सञ्चालन एवम अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी रहेका थिए ।
