काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नु भएको छ । नेकपाभित्र विवाद चर्किएको बेला ओली आफैं प्रचण्डलाई भेट्न जानू भएको हो । ओली र प्रचण्डबीच भेटवार्ता चलिरहेको बेला पछि नेकपा उपाध्यक्ष बामदेव गौतम पनि मिसिनु भएको थियो ।
प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई पद त्याग्न दबाब दिँदै आउनु भएको छ । तर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडान ओलीले लिउनु भएको छ । यद्यपि पार्टीभित्र अल्पमतमा पर्नु भएका उहाँमाथि प्रचण्ड–नेपाल पक्षको दबाब तीव्र छ ।
पछिल्लोपटक ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि प्रचण्ड,नेपाल पक्ष झन् रुष्ट भएको छ । अध्यादेश फिर्ता नलिए ओलीमाथि एक्सन लिने चेतावनी प्रचण्डले दिएको भोलिपल्टै ओली उहाँलाई भेट्न जानुलाई अर्थपूर्ण मानिएको छ ।