Sidha Patra शनिबार, बैशाख २२, २०८१

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ क्षेत्र नम्बर १ ले देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबासका अग्नि पीडितहरुको आँखा तथा स्वास्थ्य परिक्षण गराएको छ ।

क्षेत्रीय अध्यक्ष विनय बुढाथोकीले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङसंग समन्वय गरेर बिहीबार स्वास्थ्य कर्मीको टोलीसहित स्थलगतमा पुगेर अग्नि पीडितका आँखा तथा स्वास्थ्य चेकजाँच गराएका हुन् ।

बैशाख १६ गतेका दिन जंगलबाट आएको आगोले २५ घरधुरी मध्य २४ घर जलेर नष्ट भएपछि त्यहाँका नागरिकहरु अहिले पाल मुनि बसोबास गर्दै आएका छन् । अत्याधिक हावा चल्ने र तुवाँलो तथा धुलो-धुवाँका कारण अग्नि पीडितहरुको आँखा लगायत स्वास्थ्यमा समस्या आएको हुँदा अध्यक्ष बुढाथोकीले प्रतिष्ठानका मेडिकल अफिसियर डा. हेमन्त थापा सहितको टोलि लगेर आँखा तथा स्वास्थ्य चेकजाँच गराएर औषधि समेत वितरण गरेका हुन् ।

त्यस्तै अध्यक्ष बुढाथोकीले यस अघि पनि आगलागी भएको दोस्रो दिन नै सोही टिमलाई लगेर स्वास्थ्य चेकजाँच गराउनुका साथै आवश्यक औषधि र खाद्यान्न राहत उपलब्ध गराएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]