
Ssbus
Ssbus
nsm
Ssbus
Sssbus1
Pbu
Gsl
Sssbus1
ssbus
tssbus

Rgs
Bbu
Bbbpu
Rgu
Pvg
Wsp
Ssm
Ksm
Rsb
Sbs
Tsm
nsb
Hal
Ggd
Asm
Vor
Gst
Sls
Rgu

sab
Rmb
Rpp
Mks
Pls
bbt
Abd
Ptm
Gsb
Syp
Jmb
Bml
Jmb
काठमाडौं । नेपाल सरकारले आगलागी पीडितलाई तत्काल १५ देखि २० हजार रुपैयाँ दिने तयारी गरेको छ ।
आगलागीमा परेर पूर्णरूपमा आवासमा क्षति भएकाहरूलाई अस्थायी आवास बनाउन ५० हजार दिने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार डढेलोबाट पीडित भएका नागरिकको तत्कालै विवरण लिएर १५ देखि २० हजार दिने सरकारी नीति छ ।
त्यस्तै अहिले पनि कतिपय जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूले विवरण संकलन गरेर पीडित परिवारलाई १५ देखि २० हजार उपलब्ध गराउने कार्य गरिरहेका छन् । शुक्रबार आज बसेको राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को बैठकमा गृहसचिव अर्यालले यस्तो जानकारी दिएका हुन् ।
यस्तै अस्थायी आवासका लागि ५० हजार दिने गरी कार्यविधि निर्माणको काम चलिरहेको छ । ‘अस्थायी बासस्थानका लागि कार्यविधि र नियमावली संशोधन गरेर ५० हजार दिने भन्ने विषय मन्त्रिपरिषदमा छलफल भइराखेको छ । कार्यविधिलाई संशोधन गरेर अगाडि बढेको गृहसचिव अर्यालले जानकारी दिए ।
